hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

राष्ट्रिय विभूतिको सहकार्यमा दोस्रो ‘राजु महतो स्मृति मिनी म्याराथन २०८२’

रञ्जन यादब /बारा

राष्ट्रिय विभूति एलुम्नाइ (एसईई ब्याच–२०७३) को आयोजनामा तथा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन को सहकार्यमा दोस्रो ‘राजु महतो स्मृति मिनी म्याराथन २०८२’ शनिबार सम्पन्न भएको छ। ५ किलोमिटर दूरीमा आयोजित प्रतियोगितामा छात्र–छात्रा गरी करिब एक सय धावकको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक दौडमा छात्रतर्फ राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन, डुमरवानाका साहिल चौधरी प्रथम, दीपेश ठाकुर द्वितीय र सिद्धार्थ चौधरी तृतीय स्थानमा रहे।

त्यस्तै छात्रातर्फ औसका चौधरी प्रथम, सन्जाना चौधरी द्वितीय तथा करुना चौधरी तृतीय हुन सफल भए।दौड सम्पन्न भएपछि आयोजित पुरस्कार वितरण समारोहमा विजेताहरूलाई नगदसहित सम्मान गरिएको थियो। प्रथम हुनेलाई पाँच हजार रुपैयाँ, द्वितीयलाई तीन हजार रुपैयाँ र तृतीय हुनेलाई दुई हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विदुर कुमार खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वर्गीय राजु महतोका अभिभावक रामावतार महतो र कमलीदेवी महतो विशेष अतिथिका रूपमा उपस्थित थिए।कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै युवापुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले स्थानीय तहले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।एलुम्नाइ समूहले स्वर्गीय राजु महतोको सम्झनामा सुरु गरिएको उक्त मिनी म्याराथनलाई आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।