बन कार्यालय बाराको गस्ती सक्रिय ःअबैध भण्डारणमा प्रयोग भएका तीनवटा गाडि नियन्त्रणमा

रञ्जन यादब /बारा २४ बैशाख बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित दुधौरा खोलाबाट अवैध रूपमा ढुङ्गा, गिट्टी तथा बालुवा संकलन भइरहेको अवस्थामा डिभिजन वन कार्यालय बाराको गस्ती टोलीले एक जेसीबी र दुई टिपर नियन्त्रणमा लिएको छ। डिभिजन वन कार्यालय बाराका वन अधिकृत राजेश कुमार साह को नेतृत्वमा खटिएको टोलीले आज दिउँसो करिब १२ः४५ बजे उक्त सवारीसाधन नियन्त्रणमा … Read more

अब पैसा नहुँदा उपचार रोकिन्न ःजीतपुरसिमरामा बिशेषज्ञ सेवा सहित ४४ स्वास्थ्यकर्मी माग

रञ्जन यादब /बारा २३ बैशाख जीतपुरसिमरा उपमहानगरपालिकाले नगर अस्पताललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने लक्ष्यसहित एकैपटक ४४ जना स्वास्थ्यकर्मी माग गर्दै सेवा करारमा दरखास्त आह्वान गरेको छ । १७ वटा विभिन्न पदमा जनशक्ति पूर्ति गर्न उपमहानगरले आवेदन खुला गरेको हो ।नगर प्रमुख राजन पौडेलले अब नगरबासीले विशेषज्ञ डाक्टरको उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य गर्ने स्पष्ट … Read more

ठेक्का अलपत्र पार्ने २३ निर्माण कम्पनीविरुद्ध कडा कदम, जितपुरसिमराले सम्झौता तोड्ने प्रक्रिया अघि बढायो

रञ्जन यादब /बारा २२ बैशाख जितपुरसिमरा उपमहानगरपालिकाले विभिन्न विकास योजनामा ढिलासुस्ती गर्ने तथा काम अलपत्र पार्ने २३ वटा निर्माण कम्पनीसँग गरिएको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको छ। तोकिएको समयसीमाभित्र काम सम्पन्न नगर्नु, गुणस्तरमा कमजोरी देखिनु र पटक–पटकको निर्देशनसमेत बेवास्ता गरिनुका कारण यस्तो निर्णय लिन लागिएको उपमहानगरपालिकाको ईन्जिनीयर अभयकान्त झाले जानकारी दिए । उपमहानगरपालिकाका अनुसार … Read more

वडालाई थप अधिकार प्रत्यायोजन ः अब सेवा लिन नगर धाउनुपर्ने बाध्यता घट्ने

रञ्जन यादब /बारा २१ बैशाख जीतपुरसिमरा उपमहानगरपालिकाले सेवा प्रवाहलाई थप नागरिकमैत्री बनाउन वडास्तरमै प्रशासनिक अधिकार विस्तार गरेको छ। प्रमुख प्रशासनिक अधिकृत डमरु प्रसाद निरौलाद्वारा हस्ताक्षरित निर्णयअनुसार सबै वडा कार्यालयलाई सेवा सरल, सहज र प्रभावकारी बनाउन आवश्यक जिम्मेवारी प्रदान गरिएको हो।यस व्यवस्थासँगै अब सामान्य प्रशासनिक कामका लागि नागरिकले उपमहानगरपालिकाको मुख्य कार्यालय, जीतपुरसम्म धाउनुपर्ने बाध्यता कम हुने … Read more

रास्वपाको जीतपुरमा नयाँ नेतृत्व चयन, ११ सदस्यीय समिति गठन

रञ्जन यादब /बारा २१ बैशाख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ मा नयाँ नेतृत्व चयन गरेको छ। वडा भेलाबाट ब्रिजेश गुप्ताको नेतृत्वमा ११ सदस्यीय वडा कार्यसमिति तथा ८ सदस्यीय सल्लाहकार समिति सर्वसम्मत रूपमा गठन गरिएको हो। नवगठित वडा कार्यसमितिमा बृजमोहन गुप्ता सभापति, अनिल कुमार गिरी उपसभापति र संजय कुमार गुप्ता सचिव चयन … Read more

जीतपुरसिमराले सामुदायिक विद्यालयको शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्न तालिम

रञ्जन यादब /बारा २० बैशाख जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने अमलेखगञ्जमा उत्प्रेरणा तालिम सम्पन्न गरेको छ । “हामी बनाउँछौँ ,हाम्रो विद्यालय ” भन्ने शीर्षकमा आयोजित उक्त तालिममा उपमहानगरपालिका भित्र रहेका ६१ वटा सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा प्रधानाध्यापकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।तालिम कार्यक्रमको … Read more

घर–घरमा नगर अस्पताल कार्यक्रम सुरु, अशक्त र ग्रामीण बासिन्दा प्रत्यक्ष लाभान्वित

रञ्जन यादब /बारा १९ बैशाख जीतपुरसिमरा उपमहानगरपालिकाले नगरबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै “घर–घरमा नगर अस्पताल” कार्यक्रम सुरु गरेको छ । नगर प्रमुख राजन पौडेलको प्रत्यक्ष निर्देशनमा सञ्चालनमा ल्याइएको यस कार्यक्रमबाट विशेषगरी ग्रामीण क्षेत्रका बासिन्दा, ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न कारणले अस्पतालसम्म पुग्न नसक्ने नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ … Read more

जीतपुरसिमरामा सार्वजनिक जग्गाका सटर खाली, व्यवसायी आफैंले हटाए पसल

रञ्जन यादब /बारा १८ बैशाख जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित मुख्य बजार क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण गरिएका सात वटा सटर शुक्रबार व्यवसायीहरूले खाली गरेका छन्। उपमहानगरपालिकाको पटक–पटकको सूचना र अदालतको आदेशपछि व्यवसायीहरू सटर छाड्न बाध्य भएका हुन्। मुख्य बजारबाट नगर अस्पतालतर्फ जाने बाटोको उत्तर भाग तथा रामजानकी मन्दिरको दक्षिणतर्फ रहेका ती सटरहरूमा लामो समयदेखि मेडिकल, रेडिमेड कपडा … Read more

नेपाल अपाङ्ग सेवा संघ बाराको ८औँ अधिवेशन तथा २४औँ साधारणसभा सम्पन्न ,अध्यक्षमा शोभा लामा निर्वाचित

रञ्जन यादब /बारा १८ बैशाख नेपाल अपाङ्ग सेवा संघ बारा शाखाको ८औँ अधिवेशन तथा २४औँ साधारणसभा भव्य रूपमा सिमरामा सम्पन्न भएको छ । संघको सभाहलमा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गरेका थिए।उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख अधिकारीले विगतको तुलनामा अहिले अपाङ्गता भएका व्यक्तिप्रति समाजको दृष्टिकोण सकारात्मक बन्दै गएको बताए। उनले राज्यले … Read more

पूर्वाधार विकास कार्यालय बाराका प्रमुख चार महिनादेखि सम्पर्कविहीन

रञ्जन यादब /बारा १७ बैशाख बाराको कलैयास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख राजेन्द्र साह चार महिनादेखि सम्पर्कविहीन भएपछि कार्यालयको आर्थिक तथा प्रशासनिक कामकाज प्रभावित भएको छ ।साह संघीय भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा सरुवा भए पनि हालसम्म रमाना पत्र नबुझी कार्यालयबाट सम्पर्कविहीन रहेका छन् । उहाँले सम्बन्धित कार्यालय, तालुक मन्त्रालय तथा स्थानीय प्रशासनलाई समेत कुनै जानकारी … Read more