सिमरामा सुमोको ठक्करबाट तीन युवा घाइते

रञ्जन यादब /बारा २५ साउन

बाराको सिमरामा टाटा सुमोको ठक्करबाट स्कुटरमा सवार तीन युवा घाइते भएका छन्। सोमबार दिउँसो सिप्रदी अगाडिको सडकमा भएको दुर्घटनामा जीतपुरसिमरा उपमहानगरपालिका–२ का १५ वर्षीय अलेककुमार तामाङ तथा जीतपुरसिमरा–२१ का १५ वर्षीय सुशान्त क्षेत्री र स्वयम श्रेष्ठ घाइते भएका हुन्।

 

प्रहरीका अनुसार काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको म.प्र. ०८–००१ ज ०००९ नम्बरको टाटा सुमोले सडक पार गर्न लागेको प्र. ०२–०३–००९ प ६६७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटरमा सवार तीनै जना घाइते भएका थिए।दुर्घटनापछि घाइतेलाई तत्काल उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको थियो। उनीहरूको अवस्था मध्यम रहेको र अभिभावकको उपस्थितिमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।इलाका प्रहरी कार्यालय सिमराका अनुसार दुर्घटनामा घाइते तीनै जनाको उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।