जीतपुरसिमराले दिवांगत भएका कर्मचारीको परिवारलाई रु २५ लाखको चेक हस्तान्तरण

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले दिवांगत भएका एक जना कर्मचारीको परिवारलाई रु २५ लाखको चेक हस्तान्तरण गरेको छ । गत असोज २५ गते आधारभुत स्वास्थ्य चौँकी औराहामा कार्यरत प्रबिण कुमार कर्णको दुर्घटनामा परि मृत्यु भएको थियो । दुर्घटनामा परि मृत्यु भएका कर्णको पत्नी सिमा कर्णलाई रु २५ लाखको चेक हस्तान्तरण गरिएको नगर प्रमुख राजन पौडेलले … Read more

जनकल्याण जीतपुरको सहकारी शिक्षा तालिम र अन्तरक्रिया कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा बाराको जीतपुर स्थित जनकल्याण बहुउदेश्यीय सहकारी संस्था लि.को एक दिने सहकारी शिक्षा तालिम र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बाग्मती प्रदेशको हेटौडा स्थित शहिद स्मार्कमा आयोजित कार्यक्रममा सहकारीको महत्व ,आवश्यक्ता र फाईदाको बिषयमा सहकारीको सदस्यहरुलाई जानकारी गराईएको संस्थाका उपाध्यक्ष गणेशजी प्रसाद साहले जानकारी दिए । संस्थाको चालु आर्थिक बर्षको अवस्था ,ऋणको … Read more

बिपन्न दुईवटा माझि परिवारलाई घर हस्तान्तरण ,१ सय ४० वटा घर निर्माण गर्ने लक्ष्य

रञ्जन यादब /बारा आवासका लागि सहयोग समूह ‘लुमन्ती’ ले जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा दुई वटा घर निर्माण गरी माझि परिवारलाई हस्तान्तरण गरेको छ । एक कार्यक्रमकाबीच जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल र उप प्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रुपमा रिबन काटि घरको उद्घाटन गर्नुभएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१९ मा बर्षौ देखि टुटेको तथा … Read more

बन गस्ती टोलीले तीन थान काठको गोलिया सहित एउटा साईकल बरामद

रञ्जन यादब /बारा सब डिभिजन बन कार्यालय रङ्गपुर ,पर्साबाट खटिएको बन गस्ती टोलीले तीन थान काठको गोलिया सहित एउटा साईकल बरामद गरेको छ । मङ्गलबार साँझ पटेर्वासुगौली गाउँपालिका वडा नं.३ बनकटुवाबाट साईकलमा लोड काठ एक थान र त्यहीको नजिकको घरको पछाडि लुकाईछिपाई राखिएको अवस्थामा थप दुई थान काठको गोलिया फेला परेको सब डिभिजन बन कार्यालय … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाले अनुदानमा गहुँको उन्नत बीउ वितरण गर्ने

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले ५०% अनुदानमा गहुँको उन्नत बीउको उपयोग गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस कार्यक्रम अन्तर्गत कृषकहरूलाई उन्नत बीउ प्रयोग गरेर आफ्नो उत्पादन वृद्धि गर्ने अवसर प्रदान गरिने जनाईएको छ । कृषि विकास शाखाले यसका लागि इच्छुक कृषकहरू वा कृषक समूहहरूलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ। आवेदन दिन चाहनेहरूले … Read more

लकि इम्पेक्सको तेश्रो शाखा सिमरामा खुल्यो

बाराको जीतपुरसिमरा उपमहानगरपालिका -२ सिमरामा इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका २ जीतपुरसिमरा रोड सुर्य नेपाल अगाडी लकि इम्पेक्स नामक इलेक्ट्रोनिक पसल बुधवार देखि सञ्चालमा आएको हो । हिन्दुहरुको दोस्रो ठूलो पर्व शुभदिपावली र छठ पर्वको अवसर पारेर पसल उद्घाटन गरिएको छ ।लकि इम्पेक्स इलेक्ट्रोनिक पसलको उद्घाटन पूर्व मन्त्री प्रभु साह र जीतपुरसिमरा … Read more

सहकारी रकम अपचलन तथा ठगी गर्नेलाई कानुनी दायरामा ल्याउँछु ः मन्त्री क्षेत्री

रञ्जन यादब /बारा हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण शनिवार सम्पन्न भएको छ । सिमरास्थित थानीमाई वन उपभोक्ता समितिमा आयोजित साधारण सभाको उद्घाटन मधेश प्रदेशको भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले गर्नुभएको थियो ।सहकारीको पैसा कसैले अपचलन गर्ने सोचमा कसैले राख्नुभएको छ ,भने आजैबाट हटाउँन अनुरोध गर्नुभयो … Read more

चार थान सालको गोलिया सहित ४ वटा साईकल बरामद

रञ्जन यादब /बारा डिभिजन बन कार्यालय पर्साले गएराती चार थान सालको गोलिया सहित ४ वटा साईकल बरामद भएको छ ।सब डिभिजन बन कार्याल सबैयाबाट गएको टोलीले २९.६४ क्युफिट काठको गोलिया बरामद गरेको रेञ्जर भुपाल रोकायाले जानकारी दिए । बिशेष सुचनाको आधारमा गएको बन टोली राती करिब १ बजे झाँडीमा लुकी काठ तस्करहरुको प्रतिक्षा गरिरहेको थियो … Read more

सिमरा महिला साकोसको १७ औँ वार्षिक साधारण सभा सम्पन्न , १६ करोड ४१ लाख ८२ हजार रुपैया भन्दा बढीको कारोबार

रञ्जन यादब /बारा सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको हो । संस्थाले आर्थिक बर्ष २०८०।०८१ मा १ हजार ९ सय ४२ सदस्यबीच १६ करोड ४१ लाख ८२ हजार ५ सय ५४ रुपैयाको … Read more

बाराको सिमरामा ४५ औँ विश्व पर्यटन दिवस मनाइयो

रञ्जन यादव/बारा पर्यटन, न्याय र शान्ति मुल नाराको साथ बाराको सिमरामा ४५ औँ विश्व पर्यटन दिवस मनाइएको छ ।काठमाडौँबाट पहिलो आउने हवाईजहाजका यात्रुहरूलाई खाजा, खादा र रुद्राक्षको मालाले स्वागत गर्ने कार्यक्रम राखिए पनि मौसम प्रतिकुलताको कारण यो कार्यक्रम रद्द गरिएको होटल तथा पर्यटन व्यवसायी मोहन शर्मा लामिछानेले जानकारी दिनुभयो । पर्यटन दिवसकै अवसरमा विमानस्थलमै गरिएको … Read more