जीतपुरमा रहेको श्रीराम खाद्य उद्योगबाट रु. ४ लाख १५ हजार बराबरका सामान चोरी, तीन जना नियन्त्रणमा

रञ्जन यादव /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरमा रातोपुल नजिक रहेको श्रीराम खाद्य उद्योगबाट रु. ४ लाख १५ हजार बराबरका सामान चोरी भएको घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। इलाका प्रहरी कार्यालय जीतपुरका अनुसार कम्पाउन्ड वाल नभई विगत तीन वर्षदेखि बन्द अवस्थामा रहेको उक्त उद्योगबाट विभिन्न मेसिन तथा फलामजन्य सामान … Read more

ट्राफिक नियम उल्लङ्घनबाट बारामा रु. १ करोड ३५ लाखभन्दा बढी राजस्व, दुर्घटनामा मृत्यु घट्यो

रञ्जन यादव /बारा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १५ हजार ६ सय ९३ सवारीसाधनलाई कारबाही गर्दै १ करोड ३५ लाख ६७ हजार ५ सय १२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कारबाहीमा परेका सवारीसाधनको संख्या र राजस्व दुवै घटेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ। … Read more

पथलैयाबाट राति ट्रक लिएर सहचालक सम्पर्कविहीन, प्रहरीले थालेको खोजी

रञ्जन यादव /बारा, साउन ४ बाराको पथलैयाबाट आइतबार राति पार्किङमा राखिएको एउटा मालबाहक खाली ट्रक लिएर सहचालक सम्पर्कविहीन भएका छन्। ना६ख १३५७ नम्बरको उक्त ट्रक राति पार्किङ स्थलबाट निकालिएको भए पनि सोमबार दिउँसोसम्म ट्रक र सहचालक दुवैको अवस्था खुल्न सकेको छैन। प्रहरीका अनुसार राति करिब ११ बजेतिर सहचालकले पार्किङमा रहेको ट्रक चलाएर बाहिरिएको दृश्य सिसिटिभी … Read more

स्थायी कर्मचारी हटाएर करारमा राख्न खोजिएको भन्दै रिलायन्स चिनी मिल्समा विवाद

रञ्जन यादव /बारा ०१ साउन बारास्थित रिलायन्स चिनी मिल्समा कार्यरत स्थायी कर्मचारीलाई सेवाबाट हटाएर करार प्रणालीमा काम गर्न दबाब दिइएको आरोप सार्वजनिक भएपछि मिल्सभित्र श्रम विवाद चर्किएको छ। कलैया उपमहानगरपालिका वडा नं.२४ स्थित उक्त उद्योगमा करिब दुई दशकदेखि सुरक्षा गार्डका रूपमा कार्यरत दुई जना स्थायी कर्मचारीले आफूहरूलाई स्थायी सेवाबाट हटाई करारमा काम गर्न बाध्य पार्न … Read more

वातावरणीय मापदण्ड उल्लंघन गरेको भन्दै हुलास स्टिललाई ५ लाख रुपैयाँ जरिवाना

रञ्जन यादव /बारा ३२ असार जीतपुरसिमरा उपमहानगरपालिकाले वातावरणीय मापदण्ड उल्लंघन गरेको भन्दै सिमरास्थित हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडलाई ५ लाख रुपैयाँ जरिवाना गरेको छ। उद्योगबाट निस्कने फोहोर, फोहोरपानी तथा तेलजन्य पदार्थको उचित व्यवस्थापन नगरी वातावरण प्रदूषित गरेको निष्कर्षसहित उपमहानगरपालिकाले वातावरण संरक्षण ऐन, २०७६ बमोजिम उक्त कारबाही गरेको हो। त्यस्तै जीतपुरसिमरा-३ स्थित नन्दन घ्यु उद्याेग र गणपती … Read more

बारा–पर्सा औद्योगिक करिडोरका उद्योगको अनुगमन, वातावरण प्रदूषण र सार्वजनिक जग्गा अतिक्रमणबारे स्थानीयको गुनासो

रञ्जन यादब /  बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित केही उद्योगले वातावरणीय मापदण्ड उल्लंघन गर्नुका साथै सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै बढ्दो गुनासोपछि गृहमन्त्री सुधन गुरुङले स्थलगत अनुगमन गरेका छन्।अनुगमनका क्रममा गृहमन्त्री गुरुङले जगदम्बा स्टिल, हुलास स्टिललगायत करिडोरका विभिन्न उद्योगको निरीक्षण गर्दै स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय र प्रभावित बासिन्दासँग छलफल गरेका थिए। त्यसक्रममा स्थानीयले उद्योग सञ्चालनसँग जोडिएका … Read more

साना किसान कृषि सहकारीको ११औँ स्थापना दिवस, अपाङ्गता भएका दुई जनालाई आर्थिक सहयोग

रञ्जन यादब /बारा ३१ असार साना किसान कृषि सहकारी संस्था लिमिटेड, सिमराले आफ्नो ११औँ स्थापना दिवस विभिन्न सामाजिक कार्यक्रमका साथ मनाएको छ। संस्थाको सिमरास्थित कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा अपाङ्गता भएका दुई जना व्यक्तिलाई जनही ५ हजार १ सय रुपैयाँका दरले आर्थिक राहत प्रदान गरिएको हो। राहत प्राप्त गर्नेमा पथलैयाकी अञ्जली फुएल र सिमराका नसिब हुसैन … Read more

एक करोड २५ लाख रुपैयाँको लागतमा बनेको फुटबल एकेडेमी भवनको उद्घाटन

रञ्जन यादब /बारा २८ असार सामाजिक सेवामा सक्रिय समाजसेवी राजी राणाले खेलकुद क्षेत्रको विकासमा अर्को महत्वपूर्ण योगदान दिनुभएको छ । उहाँले बाराको सिमरामा करिब एक करोड २५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न प्रभुराजी एनजेजेवाईसी फुटबल एकेडेमी भवनको उद्घाटन गर्नुभएको हो ।भवन उद्घाटनपछि एकेडेमीको निरीक्षण गर्दै राणाले खेलकुदको विकासका लागि आवश्यक थप सहयोग गर्न आफू तयार … Read more

डिभिजन वन कार्यालय बाराको वार्षिक कार्यको अनुगमन तथा निरिक्षण

रञ्जन यादव /बारा २७ असार जिल्ला समन्वय समिति बाराले डिभिजन वन कार्यालय बाराले आर्थिक वर्षभरि सञ्चालन गरेका विभिन्न वन संरक्षण, वृक्षारोपण तथा पूर्वाधार निर्माणसम्बन्धी कार्यक्रमहरूको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ।जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहको नेतृत्वमा गएको अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा पुगेर वन कार्यालयले सम्पन्न गरेका महत्वपूर्ण योजनाहरूको अवस्था, प्रभावकारिता तथा गुणस्तरको … Read more

अखिल नेपाल औद्योगिक मजदुर संघ हुलास स्टिल सिमराको १०औँ अधिवेशन सम्पन्न, प्रदीप गिरी पुनः अध्यक्ष चयन

रञ्जन यादब /बारा २७ असार अखिल नेपाल औद्योगिक मजदुर संघ, हुलास स्टिल लिमिटेड सिमराको १०औँ अधिवेशन कारखाना परिसरमा सम्पन्न भएको छ। अधिवेशनले पुन ः प्रदीप गिरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।अधिवेशनको प्रमुख अतिथिका रूपमा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव अर्जुन चिमोरियाको उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा अखिल … Read more