रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिकाको उद्योग, पर्यटन, श्रम तथा सहकारी शाखाको आयोजनामा ६८औं सहकारी दिवसको अवसरमा प्रभातफेरी सहित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको मूल नारा “मर्यादित सहकारी, समुन्नत समाज“ रहेको थियो ।नियामक निकायको निर्देशन पालनामा उत्कृष्टता प्रदर्शन गरेको भन्दै हातेमालो बचत तथा ऋण सहकारी संस्था, सिमरालाई पुरस्कृत गरिएको छ।
त्यस्तै, दुग्ध उत्पादनमा प्रोत्साहनका लागि औराहा पशुपालन कृषि सहकारी संस्था, विषयगत सहकारी संस्थाको तर्फबाट कोसेली महिला बचत तथा ऋण सहकारी संस्था, भौगोलिक आधारको तर्फबाट पञ्चमृत दूध उत्पादक सहकारी संस्था तथा कृषि सहकारीको तर्फबाट सिपमूलक कृषि सहकारी संस्थालाई पुरस्कृत गरिएको छ ।त्यस्तै, सहकारी क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने कर्मचारीहरूलाई समेत सम्मान गरिएको छ। यस क्रममा हातेमालो सहकारी संस्थाका व्यवस्थापक महेश ढुंगेल तथा सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाकी सरस्वती थिङलाई पुरस्कृत गरिएको छ ।
यो सम्मान कार्यक्रम सहकारी क्षेत्रको महत्व र योगदानलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको थियो। सहकारी संस्थाहरूको योगदानको कदर गर्दै आगामी दिनमा पनि सहकारी अभियानलाई थप सबल बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख राजन पौडेलले सहकारी संस्थाहरुलाई ऐन ,कानुनको पालना गर्दै आफनो गतिबिधि अगाडि बढाउँनुपर्नेमा जोड दिएका छन् ।
उनले उपमहानगरपालिकाले सहकारी संस्थाहरुलाई गम्भिरता पुर्बक हेरिरहेकाले संहकारीका सञ्चालक तथा कर्मचारीहरुले पनि यसलाई गम्भिरापुर्बक लिन सल्लाह दिए । एउटा ब्यक्ति एउटा सहकारीमा बस्ने तथा कारोबार गर्ने नियमलाई कडाईको साथ पालना गर्न अनुरोध गरे । जीतपुरसिमरा उपमहानगरपालिकाको उप प्रमुख भोला प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख राजन पौडेल राख्नुभएको थियो ।