जीतपुरसिमरामा निशुल्क कृषि मिटर जडान गर्ने ऐतिहासिक निर्णय, किसानहरू लाभान्वित हुने

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाले कृषिमा नयाँ युगको सुरुवात गर्दै कृषि विद्युतीकरणका लागि मिटर जडान र त्यसमा उठ्ने बिजुलीको रकम पनि तिर्ने भएको छ । नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकमा वडा नं १७, १८, १९, २० र २४ का कृषियोग्य जमिनमा सिँचाइको सहजताका लागि कृषि विद्युत मिटर जडान गर्ने निर्णय भएको हो ।

उक्त जडित मिटरमा उठने रकम उपमहानगरपालिकाले आफैँ तिरि दिने जनाईएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ,नेपाल बिद्युत प्राधिकरण र कलैया बितरण केन्द्रसँगको सहकार्यमा किसानको खेत खेतमा कृषि बिद्युत लाईन प्रसारण गरिसकिएको छ ।

यसको कार्यान्वयनले किसानहरूले नियमित र भरपर्दो बिजुलीमार्फत सिँचाइ गर्न सक्नेछन्, जसले कृषि उत्पादनमा गुणात्मक वृद्धि ल्याउने अपेक्षा नगर प्रमुख पौडेलले गरेका छन्। विजली सुविधाले आधुनिक कृषि प्रविधि अपनाउन पनि टेवा पुग्ने विश्वास जीतपुरसिमरा उपमहानगरपालिकाले गरेको छ ।