रञ्जन यादब /बारा
आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि राजस्व नीति तथा कार्यक्रम सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम बाराको सिमरामा सम्पन्न भएको छ ।नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सह–आयोजकका रूपमा वीरगंज उद्योग वाणिज्य संघ तथा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले सहकार्य गरेका थिए।कार्यक्रम राजस्व परामर्श समितिका संयोजक दिनेश कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा राजस्व व्यवस्थापन समितिका सदस्य सचिव तथा राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्री,पुर्ब मधेश प्रदेश मन्त्री ओम प्रकाश शर्मा ,उद्योग बाणिज्य संघ मधेश प्रदेश अध्यक्ष असोक टेमानी , बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष हरि गौतम ,जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने ,भन्सार बिभागका उपमहा निर्देशक अमृत लम्साल ,आन्तरिक राजस्व बिभागका महानिर्देशक पदम श्रेष्ठ ,बिरगंज भन्सार कार्यालयका प्रमुख दिपक लामिछाने लगायत अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।उक्त अन्तरक्रियामा आगामी वर्षको राजस्व नीतिलाई थप प्रभावकारी, पारदर्शी र व्यवसायमैत्री बनाउने विषयमा व्यापक छलफल भएको थियो। सहभागीहरूले नीति निर्माणमा निजी क्षेत्रको सुझाव र भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थियो ।