जीतपुरसिमरा महिला फुटबल प्रतियोगिताको उद्घाटन ,उद्धाटन खेलमा समरा भेट्रान क्लब विजयी

रञ्जन यादब /बारा १८ असोज

जीतपुरसिमरा महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी भएको छ । बाराको सिमरा रंगशालामा गएराती सम्पन्न खेलमा आयोजकले स्टार स्पोट्र्स युवा क्लब माडी चितवनलाई ३–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

खेलमा आयोजक टोलीका लागि कल्पना जिम्बाले दुई गोल गरिन् भने रिया श्रेष्ठले एक गोल थपिनुभयो । पराजित टोली स्टार स्पोट्र्सका लागि निशा मगरले एक गोल फर्काउँनुभएको थियो । यसअघि प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले गरेका थिए । भारतका दुईसहित आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले पाँच लाख ११ हजार रुपैयाँ र उपविजेताले दुई लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।