hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetjojobetmeritking

होटल तथा पर्यटन व्यवसायी संघ बाराको पहिलो बैठक सम्पन्न , माइन्युट हस्तान्तरण देखि पर्यटन प्रबद्र्धन सम्मको निर्णय

रञ्जन यादब /बारा

होटल तथा पर्यटन व्यवसायी संघ बाराको पहिलो बोर्ड बैठक आईतबार होटल सम्यक, सिमरामा सम्पन्न भएको छ। बैठक प्रारम्भ हुनु अघि संघको कार्यालयमा विशेष स्वागत कार्यक्रम मार्फत नव–निर्वाचित अध्यक्ष शम्भु खडगी, संस्थापक अध्यक्ष मोहन शर्मा लामिछाने तथा कार्यसमितिका पदाधिकारीहरुलाई कर्मचारी टोलीले स्वागत गरेको थियो।

सोही अवसरमा केक काटी अध्यक्ष शम्भु खडगी र बारा होटल सहकारी संघका अध्यक्ष प्रल्हाद उप्रेतीलाई संस्थापक अध्यक्ष लामिछानेले पदभार समेत हस्तान्तरण गर्नुभएको छ। आईतबारकै दिन माइन्युट हस्तान्तरण प्रक्रिया पनि सम्पन्न गरिएको छ।त्यसपछि संस्थापक अध्यक्ष मोहन शर्मा लामिछानेले निवर्तमान अध्यक्ष अर्जुन लम्साललाई सम्मान गर्दै, संस्थापक अध्यक्षको तस्बिरसँगै उहाँको तस्बिर कार्यालयमा स्थापित गरिएको छ।बैठक संस्थापक अध्यक्ष मोहन शर्मा लामिछाने तथा संस्थापक सल्लाहकार युवराज लामाको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।

पर्यटन प्रवद्र्धन समिति गठन, बैंक खातामा हस्ताक्षर परिवर्तन, उपलब्धिमूलक भ्रमण लगायतका विभिन्न महत्वपूर्ण निर्णयहरु बैठकमा पारित गरिएको होटल ब्यवसायी संघ बाराले जनाएको छ । पर्यटन समन्वय समितिको संयोजकमा उपाध्यक्ष गोविन्द गहतराजलाई मनोनयन गरिएको छ। साथै संरक्षक सल्लाहकारका रूपमा युवराज लामा र मोहन शर्मा लामिछानेलाई सर्वसम्मत रूपमा मनोनित गरिएको छ।बैठक नव–निर्वाचित अध्यक्ष शम्भु खडगीको अध्यक्षता र महासचिव लक्ष्मण अधिकारीको सञ्चालन तथा सहजीकरणमा सम्पन्न गरिएको हो।