hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetmeritkingjojobet

राजमार्गमा बढ्दै गएको अव्यवस्थित गतिविधि रोक्न जीतपुरसिमराले सडक डिभिजनलाई पत्र

रञ्जन यादब /बारा

त्रिभुवन राजपथ र महेन्द्र राजमार्गमा बढ्दै गएको अव्यवस्थित गतिविधि रोक्न जीतपुरसिमरा उपमहानगरपालिका सक्रिय भएको छ। सडक अतिक्रमण, फुटपाथ ओगटेर बनाइने टहरा तथा पसल, नालामा जथाभावी गरिने ढलान र अव्यवस्थित क्रसिङका कारण दैनिक रूपमा समस्या बढेपछि उपमहानगरपालिकाले सडक डिभिजन कार्यालय, हेटौंडासँग तत्काल कारबाहीका लागि औपचारिक पत्राचार गरेको हो।

उपमहानगरपालिकाले दिएको जानकारीअनुसार, यात्रु र पैदलयात्रीबाट लगातार गुनासो आइरहेका छन्। विशेषगरी विद्यालय जाने बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूका लागि सडक पार गर्ने जोखिम झनै बढेको छ। अव्यवस्थित क्रसिङ र कमजोर सडक संरचनाले सवारी दुर्घटनामा वृद्धि भएको तथ्य स्थानीय तहमा बारम्बार उजागर हुँदै आएको छ।विगतमा सचेतनामूलक अभियान र सरोकारवाला निकायसँगको सहकार्य हुँदाहुँदै समेत समस्या नियन्त्रणमा नआएको भन्दै नगरपालिकाले अब कडाइका साथ कदम चालिने जनाएको छ।

नालामा ढलान गरिँदा वर्षायाममा पानी जम्ने, सडकमा बग्ने र गम्भीर दुर्घटनाको खतरा पैदा हुने स्थिति बारम्बार देखिएकाले तुरुन्तै सुधार गर्नुपर्ने नगरको धारणा छ।नगर प्रमुख राजन पौडेलले सडक डिभिजन कार्यालयलाई अवैध अतिक्रमण हटाउनेदेखि लिएर अव्यवस्थित क्रसिङ व्यवस्थित गर्ने, नालामा गरिएको ढलान भत्काएर सफाइ गर्ने र बिग्रिएका सडक खण्ड तत्काल मर्मत गर्ने समेत निर्देशनात्मक अनुरोध गरेका छन्।सडक संरचना संरक्षण, दिगो व्यवस्थापन र सुरक्षित यातायातका लागि आवश्यक समन्वय अघि बढाउन जिल्ला प्रशासन कार्यालय, बारा र जिल्ला ट्राफिक कार्यालय, निजगढलाई समेत उपमहानगरपालिकाले बोधार्थ पत्र पठाएको छ।