hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

सिमरा खानेपानी समितिको निर्वाचनमा उत्साह, सबै पदमा चर्को प्रतिस्पर्धा

रञ्जन यादब /बारा

सिमरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा यस वर्ष अभूतपूर्व प्रतिस्पर्धा देखिएको छ। मंगलबार सम्पन्न मनोनयन दर्ता प्रक्रियामा अध्यक्षदेखि सहसचिव सम्मका सबै पदमा धेरै उम्मेदवारले आफ्नो दावी पेश गरेका छन्।अध्यक्ष पदमा पूर्णचन्द्र तिमिल्सिना, शशीकुमार गौतम, राजकुमार भट्टराई, प्रकाशबहादुर खुलाल, युवराज न्यौपाने र रामचन्द्र न्यौपाने गरी ६ जनाले उम्मेदवारी दिएका छन्।

यीमध्ये अधिकांश उम्मेदवारले खानेपानी व्यवस्थापनलाई आधुनिक र पारदर्शी बनाउने एजेन्डा अघि सारेका छन्। उपाध्यक्ष पदमा पनि पाँच जना प्रतिस्पर्धी छन् — निर्मला केसी, झंकनाथ लामिछाने, मिठुमाया थिङ, हरिप्रसाद सिंखडा र तिर्थबहादुर अधिकारी (मनोज)। महिला उम्मेदवारको सशक्त उपस्थिति यसपटक उपाध्यक्ष पदमा देखिएको छ।सचिव पदमा पनि ६ जनाको मनोनयन दर्ता भएको छ। लोकराज पौडेल (मधु), मुस्तफा अंसारी, अमृत बस्याल, राजेन्द्रकुमार सुवेदी, रिता कंडेल र सरस्वती अधिकारीबीच प्रतिस्पर्धा रहनेछ।त्यस्तै सहसचिव पदका लागि मुमनाथ शर्मा, कृष्णकुमार रिमाल, होमबहादुर रकाल, कर्णबहादुर खड्का र गणेशबहादुर श्रेष्ठ उम्मेदवार बनेका छन्। सबैले संस्थागत क्षमता अभिवृद्धि र सेवा सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।यसैगरी कोषाध्यक्ष पदमा पनि ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

तीमध्ये अधिकांश उम्मेदवारले आर्थिक पारदर्शिता र जिम्मेवार वित्तीय व्यवस्थापनलाई मुख्य एजेन्डा बनाएका छन्। निर्वाचन समितिले सबै उम्मेदवारको अन्तिम सूची बुधबार सार्वजनिक गरेको छ । मतदान मंसिर ६ गतेका लागि तोकिएको छ। स्थानीय उपभोक्ताबीच चुनावको माहोल चर्किँदै जाँदा सिमरामा खानेपानी व्यवस्थापनको नयाँ नयाँ एजेन्डा उम्मेदवारले ल्याउँन थालेका छन् ।