hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisSweet bonanzaenbetqqmamibetjojobetjojobetjojobet girişjojobet girişpincojojobet giriş

बजार व्यवस्थापन तथा सुरक्षा चुनौती विषयक अन्तरक्रिया सम्पन्न

बारा, पुष ६ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बजार व्यवस्थापन तथा सुरक्षा चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा जीतपुरसिमरा भित्र बजार व्यवस्थापन तथा सुरक्षा चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

बजारमा चोरीको घट्ना सहित व्यवस्थापन कम्जोर हुदै गएपछि नगर उद्योग वाणिज्य संघले व्यवसायी सहित सुचक्षा निकाय, स्थानिय तह र त्यस संग सम्बन्धित निकायलाई बोलाएर त्यस विषयमा अन्तरक्रिया सम्पन्न भएको संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताउनु भयो ।

कार्यक्रममा सुरक्षा निकायको रात्रिकालिन गस्ति, फोहोर व्यवस्थापन, सडकको फुटपाट व्यवस्थापन, पार्किङ व्यवस्थापन, सिसिटिभि जडान तथा व्यवस्थापन, खानेपानी र शौचालय व्यवस्थापन लगायतको कुराको उठान भएको थियो ।

सुरक्षा व्यवस्थापनको लागि इलाका प्रहरी कार्यालय जीतपुर र सशस्त्र प्रहरी कार्यालय जीतपुर बकुलियाले संयुक्त टोली बनाएर कडाइका साथ रात्रिकालिनमा सुरक्षा व्यवस्थापन गर्ने सशस्त्र प्रहरीका डिएसपिले बताउनु भयो । साथै ड्युटिको समयमा सुरक्षाकर्मी मोबाईलमा व्यवस्था रहदा भिडियो सहित प्रहरी चौकीमा जानकारी गाए उक्त सुरक्षाकर्मीलाई कारवारी गरिने उनले बताए ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाका निमित्त कार्याकारी प्रमुख प्रशासकिय अधिकृत रवि भास्करले फोहोर व्यवस्थापन, खानेपानी व्यवस्थापन, शौचालय व्यवस्थापनका लागि निजि संस्थाले बुन्दागत रुपमा समस्या टिपोट गरि नगरपालिका संग समन्वय गर्दा उक्त समस्याको सामाधान हुने बताउनु भयो ।

कार्यक्रममा बोल्दै बारा क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा सदस्य देव नारायण चौधरीले फोहोर व्यवस्थापनको सन्दर्भमा स्थानिय निकाय अलि पछि परेको बताउदै फोहोर व्यवस्थापनको लागि राम्रो रणनिति बनाएर अघि बढन अनुरोध गर्नु भयो । उँहाले सुरक्षा व्यवस्थापनको लागि प्रहरीहरुलाई रात्रिकालिन गस्ति चुस्तदुरुस्त बनाउन अनुरोध गर्नु भयो ।