टोलटोलमा पैसाको बिटो बोकेर हिँड्नेलाई रास्वपाले टिकट दिँदैनः रवि लामिछाने

काठमाडौं, पुस ६-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भएको आरोप लगाएका छन् । स्याङ्जामा आयोजित पार्टीको सभामा बोल्दै सभापति लामिछानेले पुराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भएको आरोप लगाएका हुन् ।

उनले भने, ‘हामी मिसन ०८४ मा छौं । हामीले व्यक्तिगत लाभको लागि नेता छान्ने होइन । तपाईंहरूले नै योग्य मान्छेलाई छानेर पढाउने हो । टोलटोलमा पैसाको बिटो बोकेर हिँड्ने, विदेशमा भएकाहरूको भोट पनि आफैं हाल्न लगाउनेलाई रास्वपाले टिकट दिँदैन । यहाँबाट चुनाव जितेका नेताहरूको सात पुस्ताले जिते तपाईंहरूको साता पुस्ताले हार्नुभयो । हामी निरन्तर हार्‍यौं । त्यसको नतिजा विमानस्थलबाट दिनदिनै बाहिरिनेहरुको तातीले बतायो । त्यो जनताले हारेको संकेत हो ।

उनले अर्थतन्त्र र रोजगारीमा देखेको विकृत्तिले नै अहिलेको संकट आएको बताए ।