महोत्तरी: खेतमा सैजन काटेको विषयमा कुटपिट, एक जनाको मृत्यु

महोत्तरी, जेठ १८-

महोत्तरीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । झगडाका क्रममा कुटपिट हुँद महोत्तरीको गौशाला नगरपालिका-१० वटौवाका ५५ वर्षीया छविलाल मण्डलको मत्यु भएको हो ।

गत मंगलबार खेतमा सैजन (मुनुङ्गा) काटेको विषयमा छविलाल, स्थानीय २५ वर्षीय विशाल महतो र २५ वर्षीय दुर्गा मण्डलबीच विवाद भएको थियो । विवादका क्रममा कुटपिटबाट निधार र छातीमा चोट लागेका छविलालको उपचारको क्रममा बुधबार साढे तीन बजे प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको थिए ।

प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार कुटपिट गर्ने दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।