बारा, जेष्ठ १७ गते ।
अत्याधिक गर्मी बढेपछी जीतपुरसिमरा उपमहानगरले आफ्नो उपमहानगर भित्रका सम्पुर्ण विद्यालय बन्द गर्ने निर्देशन दिएको छ । उपमहानगरले जेष्ठ १८ गते देखी जेष्ठ २० गते सम्म सम्पुर्ण विद्यालय बन्द गर्ने निर्देशन दिएको हो ।
अत्याधिक गर्मी बढेको कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुने थालेको गुनासो आएपछि बर्खे विदामा समायोजन हुनेगरि उपमहानगरले विद्यालयहरु बन्द गर्न निर्देशन दिएको हो ।
जीतपुरसिमरा उपमहानगरले बुधकार एक सुचना जारी गर्दै जेष्ठ १८ गते देखी जेष्ठ २० गते सम्म विद्यालय बन्द गर्ने निदेर्शन दिएको हो ।