चितवन–२ मा न्यौपाने र तनहुँ–१ मा खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय, बाराको आइतबार टुंगो लाग्ने

बारा, चैत्र १८ गते ।

नेकपा एमालेले चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपचुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ । शनिवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।

यता बारा क्षेत्र नम्बर २ मा भने आइतबार मात्र टुंगो लाग्ने नेकपा एमालेको स्रोतले बताएकोछ ।