रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै नेम्बाङ भनेः यसमा अलिकति पनि आत्तिनुपर्दै

काठमाडौं,माघ १४- 

सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

हिजो (शुक्रबार) सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज गरेको छ। योसँगै उनी गृहमन्त्री तथा पार्टीगत सबै जिम्मेवारीबाट बाहिरिएका छन्।यसैविच रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै नेम्बाङ हरेक समस्या संविधान अनुसार नै समाधान हुन सक्ने बताए ।

शहीद दिवसको अवसर पारेर नेकपा एमालेले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै रवि लामिछानेको मुद्दामा अदालतले गरेको फैसलाले सरकारमा समस्या नआउने संकेत गरेका हुन् ।

‘सम्मानित सर्वोच्च अदालतले अहिले हाम्रो गृहमन्त्री‘, उहाँले राजीनामा गर्नुपर्ने अवस्था भयो नि । के हुन्छ रु यी सबै घटनाक्रमहरुलाई स्वभाविक रुपमा जनताले बनाएको यो संविधान अन्तर्गत हामी राजनीतिक दलले एउटा टुंगोमा पुर्‍याउँछौं’, उनले भने, ‘यसमा अलिकति पनि आत्तिनुपर्ने चिन्ता गर्नुपर्ने कुरा छैन । यस्ता कुराहरु उत्पन्न हुन्छन् । त्यो अवस्थालाई हामी सम्बोधन गर्छौं भनेर सोचेरै यो संविधान बनाइएको हो ।

वर्तमान सरकारको महत्वपूर्ण साझेदार रास्वपा सभापतिको नागरिकता खारेज प्रकरणले सरकारमै समस्या आउने त होइन भन्ने चासो र चिन्ता भइरहेका बेला नेम्बाङले आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन् । Source: Narayani Online