मकवानपुरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

मकवानपुर,माघ १४-

मकवानपुरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । मकवानपुरको मनहरी-६ नयाँबस्तीमा ना ७ ख ८४७८ नम्बरको ट्याङ्करले ना १४ प ९९४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका-१५ का ४० वर्षीय शंकरत्न तितुङको ज्यान गएको हो ।

तितुङको ज्यान गएपछि स्थानीय बासिन्दाहरुले दुई घण्टासम्म पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार ठक्कर दिने ट्याङ्कर तथा चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको छ ।