पर्सा, माघ १४ गते ।
पर्सामा ट्याक्टरले ठक्कर दिएर एक युवकको मृत्यु भएको छ । जगरनाथपुर गाँउपालिका–५ चिलझप्टीका २५ वर्षीय विजय मुखिया विनको मृत्यु भएको हो । हुलाकी सडकखण्ड अन्तर्गत जिराभवानी–१ स्थित पवित्रा आयल अगाडि ना ३ त २२८७ नम्बरको ट्याक्टर शुक्रबार साँझ साढे ७ बजे दुर्घटनामा परेको थियो ।
बेहोस अवस्थामा उद्दार गरी उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पुर्याइएको थियो । उपचारको क्रममा चिकित्सकले राति साढे ८ बजे मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।