hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisSweet bonanzaenbetqqmamibetjojobet girişjojobet girişjojobet girişjojobet güncel girişpincojojobet giriş

बारा जिल्लामा सालका काठसहितको पिकअप बरामद, चालक फरार

रञ्जन यादब /बारा

बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं. ६, हेगौलीया स्थित भित्रि सडक खण्डबाट प्रहरी चेकिङ्ग  टाेलीले साल   काठ ओसारपसार गरिरहेको पिकअप गाडी बरामद गरेको छ ।

प्रहरी टोलीले नियमित चेकिङ्ग गर्ने क्रममा सिसवाबाट हेगौलिया तर्फ जाँदै गरेको मधेश प्रदेश २–०३–००१ च ४१७१ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा चालक गाडी छोडी फरार भएको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिए ।ईलाका प्रहरी कार्यालय बारागढीले साे पिकअप सहितकाे चिरान काठलाई काेल्हबी सब डिभिजन कार्यालयकाे जिम्मा लगाएकाे छ ।

प्रहरी टोलीले गाडी जाँच गर्दा गाडीमा सालको काठ ३९ थान ३७.३१ क्यूफिट फेला पारेको डिभिजनल अधिकृत झाले जानकारी दिए । काठ प्लास्टिकको त्रिपालले छोपेर राखिएको अवस्थामा भेटिएको थियो। बरामद गरिएको काठलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही भईरहेको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।डिभिजनल बन अधिकृत झाले फरार भएका चालकको खोजी कार्य तीव्र पारिएको बताए ।