hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

पर्साकाे बन गस्ती टोलीद्वारा दुई जना पक्राउ

पर्साकाे गादिमाई साझेदारी बनको क्षेत्रभित्र बन गस्ती गरिरहेको टोलीले दुई जनालाई काठकाे अवैध गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ। पटेर्वा सुगाैली गाउँपालिका वडा नं.२ नरगटिबाट उनीहरुलाई पक्राउ गरिएकाे हाे ।

पक्राउ परेका मध्ये ३४ वर्षीय निरेन्द्र महतो काठको गोलियाको टुक्रासहित फेला परेकाे रङ्गपुर ब डिभिजन बन कार्यालय पर्साका छैठौं तहका अधिकृत उज्जवल यादबले बताए ।
त्यसैगरी, अर्का एकजना भागदुर महतो सात फिट लामो चौपेटा बोकेर भाग्ने प्रयास गर्दै गर्दा गस्ती टोलीद्वारा पक्राउ परेकाे उनले बताए । यस घटनामा संलग्न अन्य व्यक्ति भने फरार भएका छन्, जसको खोजी कार्य जारी रहेको छ। पक्राउ परेका दुबै जना त्यहिका स्थानीय रहेका छन् ।

डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि डिभिजन बन कार्यालय पर्साको थुनुवा कक्षमा राखिएको छ। पक्राउ परेकाहरू विरुद्ध आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन्।

यस घटनाले बन क्षेत्रमा अवैध गतिविधिहरू नियन्त्रणका लागि गरिएको गस्तीको प्रभावकारिता देखाएको छ भने फरार व्यक्तिहरूलाई कानूनी कारबाहीका लागि खोजी भइरहेको जनाईएकाे छ ।