चार थान सालको गोलिया सहित ४ वटा साईकल बरामद

रञ्जन यादब /बारा डिभिजन बन कार्यालय पर्साले गएराती चार थान सालको गोलिया सहित ४ वटा साईकल बरामद भएको छ ।सब डिभिजन बन कार्याल सबैयाबाट गएको टोलीले २९.६४ क्युफिट काठको गोलिया बरामद गरेको रेञ्जर भुपाल रोकायाले जानकारी दिए । बिशेष सुचनाको आधारमा गएको बन टोली राती करिब १ बजे झाँडीमा लुकी काठ तस्करहरुको प्रतिक्षा गरिरहेको थियो … Read more

ढलान गर्न ठिक्क पारेको पुल पसाहा खोलाको बाढीले बगायो

रञ्जन यादब /बारा बाराको कलैया उपमहानगरपालिका वडा नं.१५ स्थित खमवा–मधुवन खण्डमा निर्माणाधिन पुल पसाहा नदिमा आएको बाढीले बगाएको छ । दशैं अघि ढलान गरिसक्ने लक्ष्य सहित सम्पूर्ण काम सकेर ढलानको अन्तिम तयारी भइरहेका बेला असोज १२ गते पसाहा नदिमा आएको बाढीले पुल बगाएको स्थानीय राधेश्याम सहनीले जानकारी दिनुभयो । सडक विभागको लागतमा निर्माणाधीन उक्त पुल … Read more

बकैया खोलाबाट बालुवा लोड गरेका दुईवटा ट्याक्टर सहित मानिस पक्राउ

रञ्जन यादब /बारा बाराको बकैया खोलाबाट बन गस्ती टोलीले बालुवा लोड गरिरहेका दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । तामागढी सब डिभिजन बन कार्यालयलयबाट जमदार सोनालाल कुर्मिको कमाण्डमा खटिएको बन गस्ति टोलीले दुईवटा ट्याक्टर सहित तिनका चालकहरुलाई पक्राउ गरेको डिभिजन बन कार्यालय बाराले जनाएको छ । बिशेष सुचनाको आधारमा मङ्गलबार राती ११ बजे बालुवा लोड गरीरहेको … Read more

स्थानीय बिषयको पाठ्यक्र्र्रम सम्बन्धि सिमरामा दुई दिने अभिमुखिकरण

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको स्थानीय बिषयको पाठ्यक्र्र्रम सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सिमरामा सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित श्री ने.रा.मा.बि.सिमराको सभा हलमा भईरहेको अन्तरक्रियामा कक्षा १ देखि ८ सम्मकोलागि निर्माण गरिएको पाठ्यक्रम र पाठ्य पुस्तकको बिषयमा जानकारी लिने र दिने कार्य भएको छ । कक्षा १ देखि कक्षा ५ सम्मकोलागि … Read more

जीतपुरमा ब्यसायीहरुद्धारा भन्सार कार्यालयसँग अन्तरक्रिया

रञ्जन यादब /बारा १३ जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले जीतपुरमा बिरगंज भन्सार कार्यालयसँग अन्तरक्रिया गरेको छ । बिरगंज भन्सार कार्यालयमा सरुवा भएर आएका प्रमुख भन्सार प्रशासक दिपक लामिछाने र प्रमुख भन्सार अधिकृत राम प्रसाद पाठकसँग  नगर उद्योग बाणिज्य संघका ब्यपारिहरुले अन्तरक्रिया गरेका हुन् । ब्यपारिहरुले भन्सारमा देखिएका समस्या र चुनौतीको बिषयमा अधिकृतद्धयलाई जानकारी गराएका थिए … Read more

जीतपुरसिमरामा नगर स्तरीय अन्तर बिद्यालय बुद्धिचाल ( चेस) प्रतियोगिता

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको सखुवाघाटमा नगर स्तरीय अन्तर बिद्यालय बुद्धिचाल ( चेस) प्रतियोगिता सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा वडा नं.१६ स्थित जनजागृती मा.बि. सखुवाघाटमा तीन दिन सम्म प्रतियोगिता चलेको थियो । प्रतियोगितामा प्रत्येक बिद्यालयको एउटा छात्र र छात्रा गरी २२ वटा बिद्यालयको ४४ वटा बिद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्र तर्फ … Read more

सिमरा महिला साकोसको १७ औँ वार्षिक साधारण सभा सम्पन्न , १६ करोड ४१ लाख ८२ हजार रुपैया भन्दा बढीको कारोबार

रञ्जन यादब /बारा सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको हो । संस्थाले आर्थिक बर्ष २०८०।०८१ मा १ हजार ९ सय ४२ सदस्यबीच १६ करोड ४१ लाख ८२ हजार ५ सय ५४ रुपैयाको … Read more

बाराको सिमरामा ४५ औँ विश्व पर्यटन दिवस मनाइयो

रञ्जन यादव/बारा पर्यटन, न्याय र शान्ति मुल नाराको साथ बाराको सिमरामा ४५ औँ विश्व पर्यटन दिवस मनाइएको छ ।काठमाडौँबाट पहिलो आउने हवाईजहाजका यात्रुहरूलाई खाजा, खादा र रुद्राक्षको मालाले स्वागत गर्ने कार्यक्रम राखिए पनि मौसम प्रतिकुलताको कारण यो कार्यक्रम रद्द गरिएको होटल तथा पर्यटन व्यवसायी मोहन शर्मा लामिछानेले जानकारी दिनुभयो । पर्यटन दिवसकै अवसरमा विमानस्थलमै गरिएको … Read more

प्रीन्टेड पेपर वा प्लास्टिक जन्य प्लेट बिस्थापित गर्न जीतपुरसिमराको टपरी अभियान

रञ्जन यादब /बारा प्रीन्टेड पेपर वा प्लास्टिक जन्य प्लेटमा खाने कुरा दिने प्रचलनलाई बिस्थापित गर्ने उदेश्यले जीतपुरसिमरा उपमहानगरपालिकाले टपरीको प्रयोगलाई प्रोत्साहन गर्ने अभियान सुरु गरेको छ ।अभियान स्वरुप जीतपुरको एक पसलमा पातले बनाएको टपरी निशुल्क प्रदान गरी त्यसको प्रयोग गर्न अनुरोध गरिएको थियो ।प्रीन्टेड पेपरमा पकाईएका खानेकुराहरु खाँदा क्यान्सर जस्ता प्राण घातक रोग लाग्ने गर्दछ … Read more

१५ क्युफिट सालको काठ सहित जीतपुरका एक जना पक्राउँ

रञ्जन यादब /बारा डिभिजन बन कार्यालय पर्साले एक जना मानिस सहित करिब १५ क्युफिट सालको काठ बरामद गरेको छ । बिरगंजमहानगरपालिका वडा नं.३२ रामबनबाट साईकलमा काठ लोड गरि टेडातर्फ जाँदै गरेको अवस्थामा साईकल सहित मानिस पक्राउ गरिएको सबैया सब डिभिजन बन कार्यालय सोलखपुरका रेञ्जर भुपाल रोकायाले जानकारी दिए । ।सबैया सब डिभिजन र सशस्त्र प्रहरी … Read more