रञ्जन यादब /बारा
प्रीन्टेड पेपर वा प्लास्टिक जन्य प्लेटमा खाने कुरा दिने प्रचलनलाई बिस्थापित गर्ने उदेश्यले जीतपुरसिमरा उपमहानगरपालिकाले टपरीको प्रयोगलाई प्रोत्साहन गर्ने अभियान सुरु गरेको छ ।अभियान स्वरुप जीतपुरको एक पसलमा पातले बनाएको टपरी निशुल्क प्रदान गरी त्यसको प्रयोग गर्न अनुरोध गरिएको थियो ।प्रीन्टेड पेपरमा पकाईएका खानेकुराहरु खाँदा क्यान्सर जस्ता प्राण घातक रोग लाग्ने गर्दछ ।
त्यसैले यसको प्रयोगलाई निरुत्साहित गर्न टपरीमा खाने कुरा बेच्न हौसला प्रदान गरिएको थियो । पातबाट बनेको टपरी बाताबरण तथा स्वास्थ्य अनुकुल हुने र लघु उद्यमीहरुले पनि स्वरोजगार हुने बिश्वास बरिष्ठ उद्यम सहजकर्ता दिपनारायण रायले ब्यक्त गरे ।उपमहानगरपालिकाको गरिबी निवारणकोलागि लघुउद्यम बिकास कार्यक्रम( मेड्पा) कार्यक्रम अन्तर्गत यो अभियान सुरु गरिएको हो । पसलमा आएका ग्राहकहरुलाई टपरीमा नै खाने कुरा प्रदान गरिएको थियो।
सधै प्रिन्टेड कागजमा खाने ग्राहकहरुलाई पातको टपरीमा खानेकुरा पस्किदा उनीहरु खुसि ब्यक्त गरेका थिए । उनीहरुले उपमहानगरपालिकालाई धन्यबाद दिएका थिए । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ रामबन लघु उद्यमी समुहले उपमहानगरपालिकाको सहयोगमा सालको पातको दुनो ,प्लेट र टपरी उत्पादन र बिक्रिबितरण गर्ने गर्दछ ।