ढलान गर्न ठिक्क पारेको पुल पसाहा खोलाको बाढीले बगायो

रञ्जन यादब /बारा

बाराको कलैया उपमहानगरपालिका वडा नं.१५ स्थित खमवा–मधुवन खण्डमा निर्माणाधिन पुल पसाहा नदिमा आएको बाढीले बगाएको छ ।
दशैं अघि ढलान गरिसक्ने लक्ष्य सहित सम्पूर्ण काम सकेर ढलानको अन्तिम तयारी भइरहेका बेला असोज १२ गते पसाहा नदिमा आएको बाढीले पुल बगाएको स्थानीय राधेश्याम सहनीले जानकारी दिनुभयो ।


सडक विभागको लागतमा निर्माणाधीन उक्त पुल मेरिना कन्ट्रक्सन÷नेशनल इन्स्ट्रक्टर जेभीले ठेक्का लिएर काम गरिरहेको थियो । पुल निर्माण गरिरहेको मेरिना÷नेशनल जेभीका बाल गोपाल कँडेलका अनुसार ढलान गर्न ठिक्क पारेको पुल बगाउँदा एक करोड भन्दा बढीको क्षती भएको छ ।

कलैया उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष भोरिक यादबले निर्माणाधीन पुल भत्कँदा ठेकेदार कम्पनीले ठुलो नोक्सानी बेहोरेको बताउँदै स्थानीयबासीको समेत पुलबाट हिंड्न पाउने समय पछि सरेकोमा दुःखेसो गर्नुभयो । कलैया उपमहानगरपालिका र करैयामाई गाउँपालिका जोड्ने उक्त पुल भत्कँदा स्थानीयबासी दुःखी बनेका छन् ।