hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

जीतपुरमा ब्यसायीहरुद्धारा भन्सार कार्यालयसँग अन्तरक्रिया

रञ्जन यादब /बारा १३

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले जीतपुरमा बिरगंज भन्सार कार्यालयसँग अन्तरक्रिया गरेको छ । बिरगंज भन्सार कार्यालयमा सरुवा भएर आएका प्रमुख भन्सार प्रशासक दिपक लामिछाने र प्रमुख भन्सार अधिकृत राम प्रसाद पाठकसँग  नगर उद्योग बाणिज्य संघका ब्यपारिहरुले अन्तरक्रिया गरेका हुन् । ब्यपारिहरुले भन्सारमा देखिएका समस्या र चुनौतीको बिषयमा अधिकृतद्धयलाई जानकारी गराएका थिए ।

प्रमुख भन्सार अधिकृत लामिछानेले आफुहरुले सरकारले बनाईदिएको निति नियम भित्र बसेर काम गर्ने निकाय भएकाले आफुहरु कानुन पालना गराउन सधै तत्पर रहेको बताए । कहिँ भन्सार छलि वा राजश्व चुहावटको सामान प्रयोगमा आईरहेको छ भने आफुहरुलाई सुचना दिन उहाले अनुरोध गरे । सुचना दिनेको  गोप्नीयता आफुहरु कायम गर्ने जानकारी दिए ।

त्यस्तै प्रमुख भन्सार अधिकृत राम प्रसाद पाठकले भन्सार छलिका सामानमा नियन्त्रण गर्न  आफुहरु बारा र पर्सा जिल्लाका बिभिन्न ठाउँहरुमा अन्तरक्रियाको माध्यमबाट बस्तु स्थिती बुझने प्रयास गरिरहेको बताए । जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बिरगंज भन्सार कार्यालयमा सरुवा भएर आएका प्रमुख भन्सार प्रशासक लामिछाने र प्रमुख भन्सार अधिकृत पाठकलाई कार्यालमा स्वागत गरी मायाको चिनो प्रदान गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा नगर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष संजय कुमार साह ,माहासचिव प्रकाश गिरी ,कोषाध्यक्ष रामबाबु कलवार ,सञ्चार उद्यमी राजुराज गिरी ,बरिष्ठ ब्यवसायी मुकुन्द बहादुर क्षेत्री ,ब्यवसायी रिता कडेँल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन माहासचिव गिरीले गरेका थिए ।