१५ क्युफिट सालको काठ सहित जीतपुरका एक जना पक्राउँ

रञ्जन यादब /बारा

डिभिजन बन कार्यालय पर्साले एक जना मानिस सहित करिब १५ क्युफिट सालको काठ बरामद गरेको छ । बिरगंजमहानगरपालिका वडा नं.३२ रामबनबाट साईकलमा काठ लोड गरि टेडातर्फ जाँदै गरेको अवस्थामा साईकल सहित मानिस पक्राउ गरिएको सबैया सब डिभिजन बन कार्यालय सोलखपुरका रेञ्जर भुपाल रोकायाले जानकारी दिए ।

।सबैया सब डिभिजन र सशस्त्र प्रहरी बल सोलखपुरको संयुक्त गस्ती टोलीले दुई वटा साईकलमा दुई जना मानिस काठको गोलिया लोड गरी रामबनबाट ल्याईरहेको अवस्थामा देखेपछि एक जना साईकल र काठ छोडि फरार भएको रेञ्जर रोकायाले बताए ।

पक्राउँ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर निवासी मनरुप रामका १८ बर्षिय छोरा सोचन राम रहेका छन् । बरामद काठलाई सबैया सब डिभिजन कार्यालयमा र मानिसलाई आवश्ययक अनुसन्धानकोलागि डिभिजन बन कार्यालय पर्साको कारागारमा राखिएको डिभिजनल बन कार्यालय पर्साका डिभिजनल अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।