रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिकाको स्थानीय बिषयको पाठ्यक्र्र्रम सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सिमरामा सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित श्री ने.रा.मा.बि.सिमराको सभा हलमा भईरहेको अन्तरक्रियामा कक्षा १ देखि ८ सम्मकोलागि निर्माण गरिएको पाठ्यक्रम र पाठ्य पुस्तकको बिषयमा जानकारी लिने र दिने कार्य भएको छ ।
कक्षा १ देखि कक्षा ५ सम्मकोलागि एउटा कक्षा र ६ देखि ८ सम्मकोलागि अर्को कक्षा बाँडि दुई चरणमा शिक्षकहरुसँग अन्तरक्रिया भएको हो । स्थानीय पाठ्यक्रमको शिक्षा बिद्हरु राम प्रसाद अधिकारी ,प्रदिप कुमार गुप्ता ,जय प्रकाश राय र दिपक कुमार कायस्थ लगायतले स्थानीय पाठ्यक्रमको महत्व ,पढाउँने तरिक र बिद्यार्थीहरुलाई पढाउँनुपर्ने बिषयबस्तुको बिषयमा शिक्षकहरुलाई जानकारी गराउँने काम भएको छ । केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृती, जनजीवन, भुगोललगायतका पक्षलाई समेट्न नसक्ने भन्ने मान्यताको आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा आएको हो ।
नेपाल जस्तो विविध भौगोलिक, सांस्कृतिक, भाषिक लगायतका परिवेशका कारण समाजको आवश्यकता र चाहना फरक फरक रहेका छन् । त्यसैले नेपालको सन्दर्भमा पाठ्यक्रम तयार पार्दा स्थानीय बिषय बस्तुलाई बुझन यो अवधारणालाई आत्मसात गर्नु पर्ने खाँचो रहेको स्थानीय पाठ्यक्रमका शिक्षाबिद राम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
स्थानीय आवश्यकताका विषयवस्तु त्यहीँका नागरिकको अपनत्व हुने गरी सरोकारवालाले स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटी विकास गर्ने पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम भएको जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा अधिकृत हरिष भट्टले जानकारी दिनुभयो । यसमा केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका विषयवस्तु हुने गर्दछ । जसले स्थानीय ज्ञानको प्रस्फुटन गर्नुका साथै नवीनतम ज्ञान र सिपको मार्ग दर्शन पहिल्याउन सहयोग गर्ने शिक्षा अधिकृत भट्टले बताउँनुभयो ।