जीतपुरसिमरामा नगर स्तरीय अन्तर बिद्यालय बुद्धिचाल ( चेस) प्रतियोगिता

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाको सखुवाघाटमा नगर स्तरीय अन्तर बिद्यालय बुद्धिचाल ( चेस) प्रतियोगिता सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा वडा नं.१६ स्थित जनजागृती मा.बि. सखुवाघाटमा तीन दिन सम्म प्रतियोगिता चलेको थियो ।

प्रतियोगितामा प्रत्येक बिद्यालयको एउटा छात्र र छात्रा गरी २२ वटा बिद्यालयको ४४ वटा बिद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्र तर्फ श्री ने.रा.मा.बि. सिमराका निरज बिश्वकर्मा प्रथम ,श्री जनता मा.बि.रजघट्टाका मेघराज चौलागाई द्धितीय र प्रोग्रेस एकेड्मी डुमरबानाका यमन तिबारी तृतीय स्थान प्राप्त गर्नुभएको छ ।

त्यस्तै छात्रातर्फ जनजागृती मा.बि. सखुवाघाटका निर्मल बल प्रथम ,लोटस एकेड्मी सिमराका काजल कुश्वाहा द्धितीय र श्री राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरबानाका एन्जीला रिजाल तृतीय हुनुभएको प्रतियोगिता ब्यवस्थापन गरेका बिद्यालय जनजागृती मा.बि. सखुवाघाटका प्रधानध्यापक ज्ञान बहादुर राणा मगरले जानकारी दिए । प्रथम हुने बिद्यार्थीलाई रु ५ हजार ,द्धितीय हुनेलाई रु ३ हजार र तृतीय हुनेलाई रु २ हजार नगद ,मेडल र प्रमाण पत्र पुरस्कार स्वरुप बितरण गरिएको थियो ।

उपमहानगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद माहाशाखाका उपसचिव शिवजी प्रसादले बिजयी बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरेका थिए । प्रतियोगिताको निर्णायकको भुमिकामा जनजागृती मा.बि. सखुवाघाटका शिक्षक अजय कुमार चौधरी र रामाकान्त चौधरी रहेका थिए । प्रतियोगितामा सहभागिता जनाएका सामुदायिक तथा संस्थागत बिद्यालयका बिद्यार्थीहरुलाई प्रशंसा पत्र बितरण गरिएको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा बिभन्न बिद्यालयमा २१ वटा प्रतियोगीता गर्ने योजना रहेको जनाएको छ ।