जीतपुरसिमरामा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा सहसचिव प्रसाँई हाजिर , नगर प्रमुख पौडेलले गरे स्वागत

रञ्जन यादब /बारा बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा सह सचिव शान्तीराज प्रसाँई आउँनुभएको छ । पुराना प्रमुख प्रशासकीय अधिकृत उप सचिव उर्मिला काफ्ले रमाना लिएर बेपत्ता छानविन आयोगमा हाजिर भइसकेपछि उहाँको ठाउँमा प्रसाँई आउँनुभएको हो । प्रसाईलाई नगर प्रमुख राजन पौडेल, उप प्रमुख भोला प्रसाद अधिकारी , वडा अध्यक्षहरू र नगरका कर्मचारीहरूले न्यानो … Read more

एन प्याब्सन जीतपुरसिमराद्वारा अतिरिक्त क्रियाकलाप समीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा एन प्याब्सन जीतपुरसिमराले शैक्षिक सत्र २०८१ मा आयोजना गरिएका अतिरिक्त क्रियाकलापहरूको समीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्याब्सनको शैक्षिक क्यालेन्डरअनुसार विभिन्न प्रतियोगिताहरू आयोजना गर्ने विद्यालयहरूलाई सम्मान गरिएको छ ।बर्षभरि १४ वटा विभिन्न प्रतियोगिताहरू सञ्चालन भएका थिए, जसअन्तर्गत हाजिरीजवाफ, नेपाली हिज्जे, क्रिकेट, वक्तृत्वकला , स्पेलिङ्ग, चेस, तीज नृत्य, केटा तथा केटी … Read more

ओम शांति दांत तथा आंखा अस्पताल सिमरामा उद्घाटन

बारा २४ फागुन बाराको सिमरामा आधुनिक उपकरणसहितको सेवा प्रदान गर्ने ओम शांति दांत तथा आंखा हस्पिटल प्रा.लि. को भव्य उद्घाटन सम्पन्न भएको छ। अस्पतालको उद्घाटन पूर्व मन्त्री तथा बारा क्षेत्र नं. ४ (क) का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ(किसान) र जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले संयुक्त रुपमा रिबन काटि गरेका थिए । नयाँ … Read more

रामवनबाट चार थान सालको काठ बरामद, तस्कर फरार

रञ्जन यादब /पर्सा वीरगंज महानगरपालिका वडा नम्बर ३२, रामवन क्षेत्रबाट अवैध रूपमा काटिएको साल जातको काठ बरामद गरिएको छ । गए राति करिब १ बजे सवैया सब डिभिजन बन कार्यालयबाट बन कर्मचारी तथा सशस्त्र प्रहरी बल बेस बेलवा टोलीको संयुक्त प्रयासमा उक्त काठ नियन्त्रणमा लिइएको डिभिजन बन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले जानकारी दिए । … Read more

जीतपुरमा राजसंस्थाको पुनर्बहालीको माग गर्दै प्रदर्शन

रञ्जन यादब /बारा पुर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेवले देश र जनताको नाममा दिएको सन्देशलाई समर्थन गर्दै तथा राजसंस्थाको पुनर्बहालीको माग राख्दै जीतपुरमा राजावादीहरुले प्रदर्शन गरेका छन्। उक्त प्रदर्शनको नेतृत्व कफनका मनीर अंसारीले गरेका थिए ।राजसंस्थाको पुनस्र्थापना तथा हिन्दु राष्ट्रको माग गर्दै प्रदर्शनकारीहरुले जीतपुर परिक्रमा सहित र्याली निकालेका थिए। जुलुस जीतपुर चोकको मुख्य सडकखण्डमा पुगेर … Read more

स्वास्थ्य शिबिर सञ्चालन गर्नपुर्बक अनुमती लिनुपर्ने

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ मा निशुल्क वा स शुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्न पुर्ब सम्बन्धित निकायसँग अनुमती लिएर सञ्चालन गर्न अनुरोध गरेको छ । स्वास्थ्य सेवासँग सम्बन्धित कार्य गर्दा कानुनी प्रावधानको पालना गर्न वडा कार्यालयले अनुरोध गरेको हो । यस्तो कार्य गर्दा अत्यन्त संवेदनशील र जिम्मेवारीपूर्ण हुने भएकाले यसलाई प्रभावकारी रूपमा … Read more

पूर्वप्रधानमन्त्री प्रचण्डको बारामा हुने कार्यक्रमको कार्यतालिका सार्बजनिक

रञ्जन यादब /बारा माओवादी केन्द्रद्वारा सञ्चालित तराई मधेश जागरण अभियान अन्तर्गत अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड सहित केन्द्रीय नेतृत्वको बारा जिल्लाको विभिन्न स्थानमा फागुन २४ गते र २५ गते जनसंपर्क, जनसभा तथा जागरण कार्यक्रमको कार्यतालिका सार्बजनिक भएको छ । फागुन २४ गते बिहान आदर्श कोतवाल गाउँपालिकामा तोकिएको स्थानमा जभेटघाट तथा माओवादी जागरण सभाको आयोजना हुनेछ । … Read more

६ थान काठ अबैध रुपमा ओसारपसार गर्ने ३ जना अटो सहित पक्राउ

रञ्जन यादब /बारा बारा जिल्लाको कोल्हवी नगरपालिकामा अवैध रूपमा सालको काठ ओसारपसार गरिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मधुवन, बाराबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिए । प्राप्त जानकारी अनुसार सोमबार कोल्हवी नपा–०८, मिलनचोकबाट म.प्र.०३–००१ … Read more

स्मार्ट एजुकेशन हब सिमरामा सञ्चालन

रञ्जन यादब /बारा शैक्षिक क्षेत्रमा नयाँ अवसर प्रदान गर्ने उद्देश्यले स्मार्ट एजुकेशन हब सिमरा स्थित एयरपोर्ट चोक मा सञ्चालनमा आएको छ । स्मार्ट एजुकेशन हबले +२ देखि ब्याचलर तहसम्मका विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक सेवा प्रदान गर्ने सञ्चालक गोबिन्द थापाले जानकारी दिए । यसमा कम्प्युटरका विभिन्न कोर्सहरू सञ्चालन गर्नुका साथै ईलटर्स तयारी कक्षाहरू र विद्यार्थी भिसा परामर्श … Read more

जीतपुरमा भईरहेको ५१ कुण्डीय बेदमाता गायत्री महायज्ञको समापन

रञ्जन यादब /बारा जीतपुरमा भईरहेको ५१ कुण्डीय बेदमाता गायत्री महायज्ञको आईतबार समापन भएको छ । बंगाली बाबा युग धर्मआश्रम जीतपुरमा भएको महायज्ञ फागुन १५ गते देखि १८ गते सम्म चलेको थियो । महायज्ञमा पहिलो दिन कलश यात्रा र त्यसपछि हरेक दिन हवन र संगितमय प्रज्ञा प्रबचन भएको मुल आयोजक समिती जीतपुरसिमरा हिन्दु समाज गायत्री महायज्ञ … Read more