बारा जिल्ला स्तरिय साँतौ सितोरियो कराते प्रतियोगिताको उपाधि सिमरा डोजोलाइ

बारा, फाल्गुन १३ गते । बाराको जीतपुरमा सञ्चालित जिल्ला स्तरिय साँतौ सितोरियो कराते प्रतियोगिताको उपाधि सिमरा डोजोका खेलाडिहरुले उचालेका छन् । दुई दिनसम्म चलेको प्रतियोगितमा प्रथम भएको सिमरा डोजोले नगद १५ हजार ,एउटा सिल्ड र ६ वटा गोल्ड मेडल प्राप्त गरेको छ । त्यस्तै दोस्रो भएको आयोजक जीतपुर डोजोले नगद १० हजार ,एक शिल्ड र … Read more

७औं बारा सितोरियो कराते प्रतियोगिता सुरु

फाल्गुन १२ गते । बारामा दुई दिने जिल्ला स्तरीय ७औं सितोरियो कराते प्रतियोगिता शुक्रबार देखि जीतपुर स्थित शान्ति टोल मैदानमा सुरु भएको छ । नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरको आयोजनामा शुक्रबाट सुरु भएको ७औं जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता शनिबार सम्पन्न हुने छ । जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरको शान्ति टोल मैदानमा सुरु भएको कराते … Read more

बारामा फागुन १२ देखी जिल्ला स्तरीय कराते प्रतियोगिता हुने

बारा, फागुन १० गते । बारामा फागुन १२ गते देखि जिल्ला स्तरीय ७औं नेपाल सितोरियो कराते प्रतियोगिता संचालन हुने भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरको शान्ति टोल खेलमैदानमा ७औं नेपाल सितोरियो कराते प्रतियोगिता संचालन हुने छ । नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता फागुन १२ गते सुरु हुने … Read more

बारामा फागुन ११ देखी जिल्ला स्तरीय कराते प्रतियोगिता हुने

बारा, फागुन १० गते । बारामा फागुन ११ गते देखि जिल्ला स्तरीय ७औं नेपाल सितोरियो कराते प्रतियोगिता संचालन हुने भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरको शान्ति टोल खेलमैदानमा ७औं नेपाल सितोरियो कराते प्रतियोगिता संचालन हुने छ । नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता फागुन ११ गते सुरु हुने … Read more

सन्दीपको मुद्दामा फैसलाका लागि तोकिएको पेशी जाहेरवालाद्वारा स्थगित

काठमाडौं, माघ २३- सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी सम्बन्धी मुद्दामा सोमबार काठमाडौं जिल्ला अदालतमा फैसलाका लागि पेशी तोकिए पनि जाहेरवालाका कानुन व्यवसायीले स्थगित गराएका छन्। जाहेरवालाको तर्फबाट शान्ति रिसालले पेशी स्थगित गराएकी हुन्। न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासमा पेशी तोकिएको थियो। यसअघि माधवप्रसाद पौडेलले थुनछेक आदेश गरेका थिए।

चितवनको माडीमा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता हुँदै

चितवन, माघ २२– चितवनको माडीमा ‘तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता २०७९’ हुने भएको छ । नेपाल एथलेटिक्स संघ र माडी नगरपालिकाको संयुक्त आयोजनामा बसन्तपुर खेल मैदानमा प्रतियोगिता हुन लागेको आज (आइतबार) पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । प्रतियोगिता फागुन ११, १२ र १३ गतेसम्म चल्ने चितवन जिल्ला एथलेटिक्स संघका अध्यक्ष मानबहादुर रजाली मगरले जानकारी … Read more

क्रिकेट खेल्न पाउँ भन्दै क्यानमा निवेदन दिएका लामिछानेले नेपालभित्र क्रिकेट खेल्न पाउने

काठमाडौँ, माघ १८- नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। एक बोर्ड सदस्यका अनुसरा क्यानले कानुन व्यवसायीसँग परामर्श गरेर लामिछानेको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएपनि उनी तत्काल राष्ट्रिय टिममा नपर्ने ती सदस्यले बताए। लामिछानेले क्रिकेट खेल्न पाउँ भन्दै क्यानमा निवेदन … Read more

चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा ६३ करोडको काम, अनियमितता भेटिएन

काठमाडौँ, माघ १५- चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा ६३ करोड रूपैयाँभन्दा बढीको काम भएको सरकारी अध्ययनले देखाएको छ । केन्द्र सरकारदेखि भरतपुर महानगरसम्मले पटक–पटक वित्तीय र प्राविधिक मूल्यांकन गरे पनि अहिलेसम्म प्रतिवेदन भने सार्वजनिक गरिएको छैन । जनस्तरबाट सहयोग संकलन गरी धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको सुरुवात गरेको थियो । भरतपुर महानगपालिकासँगको सहकार्यमा निर्माण थालिएको रंगशाला … Read more

आसिफ शेखले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

काठमाडौं, माघ १३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर ब्याटर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले प्रदान गर्ने प्रतिष्ठित अवार्ड जितेका छन् । आसिफ शेखले आईसीसी अवार्ड २०२२ को एक विधा स्पिरिट अफ क्रिकेट (उच्च खेल भावना) को अर्वाड जितेका हुन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०२२ मा प्रदान गरेका अवार्डहरुमध्येको खेल भावना … Read more

सन्दीपलाई राष्ट्रिय टिममा फर्काउन क्यानले कानुन व्यवसायीसँग छलफल गर्दै

काठमाडौँ, पुस २९- सन्दीप लामिछाने माथिको निलम्बनबारे नेपाल क्रिकेट संघ (क्यान)ले छलफल गर्दै छ । सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा फर्काउन मिल्ने वा नमिल्ने विषयमा क्यानले कानुन व्यवसायीसँग छलफल गर्ने भएको हो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार यो विषयमा क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग पनि सुझाव माग्ने र त्यसपछि मात्र निर्णय गर्ने … Read more