बारा, चैत्र १६ गते ।
टिभी मे देख्लेरली रातमे खेल होएला त सच्मे आज देखेके लेल आईलछी” रवी सिंह ।
फुटबल खेल प्रेमी बाहेकले पनि जीतपुरसिमरा गोल्डकप हेर्न आईरहेका छन् । बाराको सिमरा रंगशालामा संचालन भइरहेको जगदम्बा स्टिल १३औं जीतपुरसिमरा गोल्डकप हेर्न आन्तरिक पर्यटक रंगशालामा हेर्न सकिन्छ छ ।
फुटबलको विषयमा जानकारीनै नभएको दर्शक सिमरा रंगशालामा भेट्नु कुनै अचम्मको कुरा हैन । फुटबल भन्दा पनि यहाँ आन्तरिक पर्यटकको रूपमा राति कसरी खेल हुन्छ भनेर कयौं दर्शक रंगशाला आउने गरेको पाइएको हो ।
१३औं जीतपुरसिमरा गोल्डकपमा खाना महोत्सव समेत लगाएको छ । महोत्सवले पनि दर्शकलाई रंगशाला तिर आकर्षण गर्दै आएको छ ।
आज १३औं जीतपुरसिमरा गोल्डकपको अन्तिम सेमिफाइनल खेल हेर्न आएका हजारौं दर्शक मध्ये केहि फुटबलको विषयमा जान्दैनजानेका दर्शक रंगशालामा भेटिएका थिए ।
भारतको पटनाबाट उपचार गराएर चितवन घर फर्किने क्रममा सुमन अधिकारी र उन्को बुबा साझ ५ बजे सम्म रक्सौल हुँदै विरगञ्ज पुगेका थिए । बिरामी बोकेर राति हिड्न उचित नलागेपछि उनिहरू रात यतै काटेर भोलि बिहान फर्किने योजना बनाए र विरगञ्जको घण्टा घर तिर होटेल खोज्ने क्रममा सुमनले सिमरामा राति खेल हुन्छ भनेर फेस्बुकमा एउटा भिडियो हेरेका रहेछन् र “मनमा उमंग आयो राति कसरी खेल हुन्छ ठूलो स्टेडियममा भनेर सिमरा बस्ने र राति कसरी खेल्छन् भनेर हेर्न जाउ भनेर हामी सिमरा आयौं र होटेलमा समान राखेर अटो रिजर्भ गरेर बिरामी बुबालाई पनि रमाइलो हुन्छ भनेर रंगशाला लिएर आए” अधिकारीले भने । रंगशाला आउदा बुबाको टिकेट पनि नलागेपछि झन खुसी लागेको सुमनले बताए । सिमरा रंगशालामा वृद्धहरूलाई निशुल्क प्रवेश दिईएको छ ।
यता एकजना त्यस्तै फुटबलको बारे थाहा नभएका जनकपुर घर भइ हाल जीतपुरको एक कम्पनी कार्यरत रबि सिंहलाई जानकारी नेपालको टिमले भेटायो र कुराकानी गर्यो । तपाईं फुटबल जान्नु हुन्न अनि किन १०० को टिकट काटेर रंगशाला आउनु भयो भनेर प्रश्न गर्दा सिंहले आफ्नै भाषामा “टिभी मे देख्लेरली रातमे खेल होएला त सच्मे आज देखेके लेल आईलछी” भनेर खुसी हुँदै जवाफ फर्काएका थिए ।
जीतपुरसिमरा गोल्डकपले खेल संग आन्तरिक पर्यटकलाई जोड्न पाउदा रंगशालामा आन्तरिक पर्यटक आउदा एकदम खुसि लागेको र प्रतियोगिता सफल भएको अनुभुती भएको प्रतियोगिता आयोजक नवजन जागृति युवा क्लबका महासचिव सम्भुसिंह ठकुरीले बताउनु भयो ।