जीतपुरसिमरा गोल्डकप: मंगलबार एपिएफ र चर्च ब्वाईज भिड्दै

बारा, चैत्र १३ गते ।

जगदम्बा स्टिल १३औं जीतपुरसिमरा फूटबल प्रतियोगिता अन्तर्गत मंगलबार नेपाल एपिएफ फुटबल क्लब र चर्च ब्वाईज युनाइटेड भिड्दैछन् । सिमरा रंगशालामा साँझ ५ः३० बजेपछि खेल सुरु हुनेछ ।

प्रतियोगिताको सेमिफाइनलमा प्रवेशको लागि नेपाल एपिएफ फुटबल क्लब र चर्च ब्वाईज युनाइटेड काठमाडौंले प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल खेल्दैछन् ।

यस अघि भरतपुरलाई हराउदै माकवानपुर ११ र विरगञ्जलाई पराजित गर्दै एनटिआर, सातदोबाटोलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा ठाउँ बनाइसकेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् ।