दर्शकले भरिएको सिमरा रंगशाला, उत्साहित भएर खेल हेर्न आउछन् दर्शक

बारा, चैत्र १५ गते ।

बाराको सिमरा रंगशालामा संचालित जगदम्बा स्टिल १३औँ जीतपुरसिमरा गोल्डकप हेर्न दर्शकहरू उत्साहित भएर टिकेट काटेर रंगशालामा प्रवेश गरिरहेका छन् । १३औँ जीतपुरसिमरा गोल्डकपमा हालसम्म भएको सबै खेलमा रंगशाला भरिएका हुन्छन् ।

दर्शकहरू सिमरा रंगशालामा खेल हेर्न आउनुको मुख्य कारण हो डेनाइट खेल, सिमरा रंगशालामा रातीको समयमा फ्लडलाईटमा खेल हुने गरेको छ । उपत्यका बाहेक मात्र ३ ठाउँमा रात्रिकालिन खेल हुने गरेको छ । पोखरा, विराटनगर र सिमरा गरि मात्र ३ ठाउँमा डेनाइट खेल हुने गरेको छ ।

हाल सिमरा रंगशालामा जारी १३औँ जीतपुरसिमरा गोल्डकपमा १० टिम सहभागी भएका थिए । १० टिमबाट हिमालयन शेर्पाले प्रतियोगिताको फाइनलमा ठाउँ बनाईसकेको छ भने बिहिवार एनआरटी र चर्च ब्वाइज फाइनल प्रवेशको लागि भिड्नेछन् । प्रतियोगिताको विजेताले दश लाख र उप-विजेताले पाँच लख पाउने छन् ।

सिमराको नव जन जागृति युवा क्लबले जोगाएको सिमरा रंगशाला !

सिमरा रंगशालालाई यहाँ सम्म पुगाउनमा नव जन जागृति युवा क्लबले प्रत्येक्ष र ठूलो भुमिका खेलेको छ । रंगशालाको स्नातकोत्तरका लागि सिमरा समाज संग समन्वय गरेर नवजन जागृति युवा क्लबले विभिन्न ठाउँ र निकायबाट पहल गरेर रंगशालाको विकास गर्न लागिपरेको छ ।

गुम्नाम रहेको सिमरा रंगशालालाई सिमरा गोल्डकप प्रतियोगिता आयोजना गरेर सो क्लबले विगत एक दशक भन्दा बढिसमय देखि रंगशालालाई देश विदेशमा चिन्हाईरहेको छ । क्लबलाई सिमराका युवाहरूले पनि पुर्ण साथ दिएको हेर्न सकिन्छ ।