कांग्रेसका बारा जिल्ला सदस्य शर्मा द्वारा राजीनामा

रञ्जन यादब /बारा बारामा नेपाली कांग्रेसका एक जिल्ला सदस्यले आफ्नो पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेस बारा जिल्ला कार्यसमिति अन्तर्गत जिल्ला सदस्य रहेका राजेश बाबु शर्मा ले पदबाट राजीनामा दिएका हुन्। शर्माले नेपाली कांग्रेसका जिल्ला सभापति लाई सम्बोधन गर्दै लेखेको पत्रमार्फत आफ्नो राजीनामा दिएको जानकारी गराएका छन्। उनले २०८२ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्ला सदस्यका … Read more

युद्धको असर देखाउँदै कृत्रिम मूल्यवृद्धि नगर्न उद्योग वाणिज्य संघको आग्रह

रञ्जन यादव /बारा हाल विश्वमा उत्पन्न युद्धको अवस्थाका कारण बजारमा विभिन्न वस्तुहरूको आपूर्ति र मूल्यबारे अनेक अफवाह फैलिएको भन्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले व्यापारीहरूलाई कृत्रिम मूल्यवृद्धि नगर्न आग्रह गरेको छ।संघका  महासचिव प्रकाश गिरीले बिहिबार एक सूचना जारी गर्दै ग्यास, तेल तथा अन्य अत्यावश्यक वस्तुहरूको मूल्य मनपरी रूपमा बढाएर उपभोक्तासँग ठगी नगर्न व्यवसायी तथा पसलधनीहरूलाई … Read more

बारामा कुष्ठरोगबारे सरोकारवालालाई अभिमुखिकरण, समयमै पहिचान र उपचारमा जोड

रञ्जन यादव /बारा बारा जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीलाई लक्षित गर्दै कुष्ठरोगबारे एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। द लेप्रोसी मिसन नेपालको आयोजनामा स्वास्थ्य तालिम केन्द्र पथलैयाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा कुष्ठरोगको पहिचान, उपचार तथा रोकथामका उपायबारे विस्तृत जानकारी दिइएको थियो। द लेप्रोसी मिसन नेपालका प्रोजेक्ट म्यानेजर अमजद अली मिकरानीले प्रशिक्षण दिँदै … Read more

आर्थिक रूपमा कमजोर महिलालाई सहकारीमार्फत सशक्त बनाउँदै लुमन्ति

रञ्जन यादव /बारा आर्थिक रूपमा कमजोर तथा विपन्न महिलालाई बचत गर्ने बानी विकास गराउँदै आत्मनिर्भर बनाउने उद्देश्यसहित लुमन्ति ले जीतपुरसिमरा उपमहानगरपालिकामा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। दलित तथा विपन्न समुदायका घर–घरमा पुगेर महिलालाई आर्थिक रूपमा सबल बन्न सकिने विभिन्न आयामबारे जानकारी दिँदै बचत गर्ने संस्कार विकास गराउने काम भइरहेको छ। लुमन्तिले आफ्नो कार्यक्षेत्रअन्तर्गत रहेका उपमहानगरपालिकाको … Read more

जीतपुरसिमरा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले गरेका हुन्। उपमहानगरभित्रका ३७ वटा विद्यालयका विद्यार्थीहरू सहभागी रहेको प्रतियोगितामा विभिन्न खेल विधामा प्रतिस्पर्धा भइरहेको छ। उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य चौधरीले … Read more

बारा–४ मा समानुपातिक तर्फको मतगणना सम्पन्न, घण्टीलाई स्पष्ट अग्रता

रञ्जन यादब /बारा बारा निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम विवरणअनुसार कुल ६९ हजार ६४० मत खसेकोमा ३ हजार मत बदर भएको छ ।दलगत मत परिणामअनुसार घण्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा बढी मतसहित पहिलो स्थानमा रहेको छ। घण्टीले … Read more

बारा–४ मा तीन बाहेक सबै उम्मेदवारको जमानत जफत

रञ्जन यादब /बारा बारा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचनमा प्रतिस्पर्धा गरेका ३७ उम्मेदवारमध्ये ३४ जनाले आवश्यक मत प्राप्त गर्न नसक्दा जमानत जफत भएको हो। प्रतिनिधिसभा निर्वाचन निर्देशिका २०८२ अनुसार सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने … Read more

बारा–४ मा रास्वपाका उम्मेदवार अंसारी भारी मतान्तरले बिजयी

रञ्जन यादब /बारा बारा निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहबर अन्सारी भारी मतान्तरसहित विजयी भएका छन्। अन्सारीले नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) लाई २९ हजार पाँच सय ६१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन्। निर्वाचन परिणामअनुसार अन्सारीले कुल ४१ हजार २ … Read more

बारा निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका साह बिजयी

रञ्जन यादब /बारा बारा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अरविन्द साह विजयी भएका छन्। उहाँले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरलाई पछि पार्दै ४० हजार ६ सय ९७ मत सहित विजयी भएका हुन् ।कांग्रेसका मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन्। यस्तै जसपा नेपालका उम्मेदवार रामबाबु कुमार यादवले ६ हजार … Read more

बारा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार धिमाल निर्वार्चित

रञ्जन यादब /बारा बारा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल निर्वाचित भएका छन्। उनले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शम्भु बहादुर बुढाथोकीलाई पछि पार्दै ३९ हजार ९९८ मतसहित निर्वाचित भएका हुन् ।कांग्रेसका बुढाथोकीले १४ हजार २२३ मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीले ११ हजार ६४५ मत … Read more