रञ्जन यादब /बारा
बारा जिल्लामा सशस्त्र प्रहरीले विभिन्न स्थानमा चेकजाँच तथा निगरानीका क्रममा करिब ९ लाख ६९ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बारा मातहतका विभिन्न युनिटबाट परिचालित टोलीले चेकजाँच तथा निगरानी गर्ने क्रममा रजनीगन्धा, कपडा, मोबाइल पाट्र्स, पिनट, डेरी मिल्क, स्नाइकल चकलेट, खजुर, टायर, मोटरसाइकल, किराना सामान र पटका बरामद गरिएको गणका सूचना अधिकारी डीएसपी विक्रम मणि अधिकारीले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीका अनुसार बरामद सामानको कुल मूल्य ९ लाख ६९ हजार १७० रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।




