बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरस्थित मदरसा इस्लामियाका प्रधानाध्यापक अब्दुल सतार अन्सारीको असामयिक निधनप्रति शोक व्यक्त गर्दै उपमहानगरपालिकाले एक दिनका लागि विद्यालयमा शोक बिदा दिने निर्णय गरेको छ।
उपमहानगरपालिकाले सोमबार जारी गरेको सूचनाअनुसार अन्सारीको २०८३ असार १५ गते निधन भएको हो। उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उपमहानगरपालिकाले शैक्षिक उत्थान तथा मदरसाको विकासमा उहाँले पुर्याएको योगदानको उच्च सम्मान गरेको जनाएको छ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको सूचनामा उल्लेख छ।

यसैक्रममा मृत आत्माप्रति श्रद्धाञ्जली अर्पणस्वरूप २०८३ असार १७ गते (बुधबार) जीतपुरसिमरा उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयमा एक दिन शोक बिदा दिने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादद्वारा जारी सूचनामा जनाइएको छ




