hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisSweet bonanzaenbetqqmamibetjojobetjojobetjojobet girişjojobet girişpincojojobet giriş

जितपुर–सिमरा उपमहानगरपालिकाद्वारा ३ दिने प्राविधिक कार्यशाला आयोजना

रञ्जन यादब/बारा
जितपुर–सिमरा उपमहानगरपालिकाले सडक पूर्वाधार सुदृढीकरण तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ३ दिने विशेष प्राविधिक कार्यशाला आयोजना गर्ने भएको छ। उपमहानगरपालिकाका अनुसार उक्त कार्यशाला २०८२ चैत ५ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ।
कार्यशालामा Pavement Design (सडक डिजाइन), Repair and Maintenance Work (मर्मत तथा सम्भार) तथा Contract Management (ठेक्का व्यवस्थापन) जस्ता महत्वपूर्ण विषयहरूमा केन्द्रित प्रशिक्षण प्रदान गरिनेछ। कार्यक्रममा सडक विभागका उप–महानिर्देशक प्रभात झा र इञ्जिनियर सरोज ढितालले प्रशिक्षण दिनेछन्। उनीहरूको अनुभव र विशेषज्ञताबाट सहभागीहरूले व्यावहारिक तथा अद्यावधिक ज्ञान हासिल गर्ने अपेक्षा गरिएको  उपमहानगरपालिकाकाे ईन्जीनियर रबिकान्त झाले जानकारी दिए ।
उपमहानगरपालिकाका प्राविधिक कर्मचारीहरूको सक्रिय सहभागिता रहने यस कार्यशालाले स्थानीय तहमा सडक निर्माण र व्यवस्थापन प्रणालीमा सुधार ल्याउने विश्वास लिइएको छ।
कार्यशालाबाट प्राप्त ज्ञानले सडक डिजाइनलाई स्थानीय माटो, ट्राफिक चाप र मौसमअनुसार वैज्ञानिक बनाउँदै सडकको आयु बढाउने अपेक्षा गरिएको छ। साथै, मर्मत तथा सम्भार कार्यलाई समयमै र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्नेछ, जसले साना समस्यालाई ठूला क्षतिमा रूपान्तरण हुनबाट रोक्नेछ।
त्यसैगरी, ठेक्का व्यवस्थापन प्रक्रियामा पारदर्शिता र दक्षता वृद्धि भई विकास निर्माणका कार्यहरू समयमै तथा गुणस्तरीय रूपमा सम्पन्न हुने विश्वास गरिएको छ। प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिसँगै आगामी परियोजनाहरू थप व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन हुने जनाइएको छ।
उपमहानगरपालिकाले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै लागत नियन्त्रणमा समेत टेवा पुग्ने तथा दीगो विकासका आधार तयार हुने अपेक्षा गरेको छ।
समग्रमा, उक्त कार्यशाला केवल तालिममा सीमित नभई जितपुर–सिमराको सडक पूर्वाधारलाई गुणस्तरीय, दीगो र व्यवस्थित बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिइएको छ।