hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisGrandpashabetenbetqqmamibetjojobetjojobetjojobet girişjojobet güncel girişmeritkingpinco

सिमरा–डुमरबाना स्कुल हबद्वारा आयोजित हाजिरजवाफ प्रतियोगितामा अक्षरा पाठशाला प्रथम

रञ्जन यादब/बारा
सिमरा–डुमरबाना स्कुल हब, सिमराको आयोजनामा सम्पन्न हाजिरजवाफ प्रतियोगितामा अक्षरा पाठशाला प्रथम भएको छ। सिमरास्थित सिमरा कलेजको सभाहलमा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूबीच ज्ञान, तर्क र द्रुत उत्तर क्षमतामा प्रतिस्पर्धा भएको थियो।
प्रतियोगितामा सिमरा पब्लिक स्कुल (एस.पि.ई.एस.) द्वितीय तथा बारा एकता एकेडेमी तृतीय स्थान हासिल गर्न सफल भएका छन्। प्रतियोगितामा क्षेत्रका कुल ९ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयका विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए। कार्यक्रमले विद्यार्थीहरूमा सामान्य ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ थियो।
सिमरा डुमरबाना स्कुल हबका संयोजक वसन्त ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा सिमरा कलेज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधुकर अधिकारी सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले यस्ता शैक्षिक गतिविधिले विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने तथा विद्यालयबीच सहकार्यको वातावरण मजबुत बनाउने बताउनुभयो।
कार्यक्रमका अवसरमा सिमरा डुमरबाना स्कुल हबको तर्फबाट सिमरा कलेजलाई २५ थान प्लास्टिकका कुर्सी हस्तान्तरण पनि गरिएको थियो। उक्त सहयोगले कलेजका विभिन्न कार्यक्रम सञ्चालनमा सहजता पुग्ने विश्वास व्यक्त गरिएको छ।
स्कुल हबका संयोजक ढकालले जानकारी दिँदै २०८२ सालभित्र हबले  आफ्नाे बार्षिक क्यालेन्डर अनुसार २१ वटा प्रतियाेगितन सञ्चालन  गरेको बताउनुभयो। हबमा सिमरा र डुमरबाना क्षेत्रका १२ वटा विद्यालय आबद्ध रहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिमा योगदान गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रतियोगिताले विद्यार्थीहरूमा ज्ञान आदान–प्रदान, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुगेको सहभागीहरूले बताएका छन्।