रञ्जन यादब /बारा
बारामा नेपाली कांग्रेसका एक जिल्ला सदस्यले आफ्नो पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेस बारा जिल्ला कार्यसमिति अन्तर्गत जिल्ला सदस्य रहेका राजेश बाबु शर्मा ले पदबाट राजीनामा दिएका हुन्।
शर्माले नेपाली कांग्रेसका जिल्ला सभापति लाई सम्बोधन गर्दै लेखेको पत्रमार्फत आफ्नो राजीनामा दिएको जानकारी गराएका छन्। उनले २०८२ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्ला सदस्यका रूपमा रही बारा निर्वाचन क्षेत्र नं. ४ मा पार्टीको चुनावी लक्ष्यअनुसार नतिजा ल्याउन नसकिएको अवस्थालाई आत्मसात गर्दै नैतिकताको आधारमा पद त्याग गरेको उल्लेख गरेका छन्।शर्माले पत्रमा नयाँ नेतृत्वलाई अवसर दिन र पार्टीको उज्ज्वल भविष्यको कामना गर्दै जिल्ला सदस्य पदबाट मात्र नभई साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन्।उनले दिएको राजीनामा आजकै मितिदेखि लागू हुने जनाइएको छ।

