hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetjojobetmeritking

बारामा कुष्ठरोगबारे सरोकारवालालाई अभिमुखिकरण, समयमै पहिचान र उपचारमा जोड

रञ्जन यादव /बारा

बारा जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीलाई लक्षित गर्दै कुष्ठरोगबारे एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। द लेप्रोसी मिसन नेपालको आयोजनामा स्वास्थ्य तालिम केन्द्र पथलैयाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा कुष्ठरोगको पहिचान, उपचार तथा रोकथामका उपायबारे विस्तृत जानकारी दिइएको थियो। द लेप्रोसी मिसन नेपालका प्रोजेक्ट म्यानेजर अमजद अली मिकरानीले प्रशिक्षण दिँदै कुष्ठरोग कुनै अभिशाप, श्राप वा अन्धविश्वाससँग जोडिएको रोग नभई जीवाणुबाट सर्ने उपचारयोग्य रोग भएको स्पष्ट पारे। उनले रोगका प्रारम्भिक लक्षणहरूबारे जानकारी दिँदै छालामा संवेदना कम हुनु, सेतो वा रातो दाग देखिनु, हातखुट्टा झमझम हुनु जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन आग्रह गरे।उनका अनुसार समयमै पहिचान भई नियमित रूपमा औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुने भएकाले बिरामी लुकाउने वा उपचारमा ढिलाइ गर्ने प्रवृत्ति हटाउन आवश्यक रहेको बताए।

अभिमुखिकरणका सहभागीहरूले समाजमा अझै पनि कुष्ठरोगप्रति रहेको डर, भ्रम र भेदभाव अन्त्य गर्न तथ्यमा आधारित सूचना प्रवाह आवश्यक रहेको बताएका छन्। सञ्चारमाध्यमले नियमित रूपमा जनचेतनामूलक सामग्री प्रसारण गरेमा रोगको समयमै पहिचान, उपचारमा पहुँच विस्तार र समाजमा सकारात्मक धारणा निर्माण गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।प्रस्तुत गरिएको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२÷०८३ को माघ महिनासम्म बारा जिल्लामा ४४ जना नयाँ कुष्ठरोगी बिरामी फेला परेका छन्। तीमध्ये १४ वर्षमुनिका ४ जना बालबालिका रहेका छन्। गत आर्थिक वर्षमा भने जिल्लाभर १३७ जना नयाँ बिरामी भेटिएका थिए।त्यसैगरी चालु आर्थिक वर्षको माघसम्म जीतपुरसिमरा उपमहानगरपालिकामा मात्रै १३ जना नयाँ बिरामी देखिएको जानकारी दिइएको छ। जिल्लाका अन्य पालिकाको तुलनामा जीतपुरसिमरामा कुष्ठरोगीको संख्या बढी देखिएकाले यहाँ लक्षित कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन्। कार्यक्रममा आगामी चैत्र ४ गते कलैयामा निःशुल्क कुष्ठरोग परीक्षण तथा उपचार शिविर सञ्चालन गरिने जानकारी पनि दिइयो। यस्ता शिविर प्रत्येक दुई महिनामा आयोजना गरिने योजना रहेको आयोजकले जनाएको छ।

रोगको लक्षण देखिएका व्यक्तिहरूलाई निःशुल्क जाँच र उपचार सेवा लिन शिविरमा सहभागी हुन आग्रह गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य कार्यालय बाराका प्रमुख चेतराज पण्डितले कुष्ठरोग निवारणका लागि द लेप्रोसी मिसन नेपालले जिल्लामा निरन्तर सहकार्य गर्दै आएको बताए। उनले स्वास्थ्य शिक्षा, जनचेतना तथा सक्रिय खोजपड्तालका कार्यक्रमका कारण रोगको पहिचान र उपचारमा सुधार आएको उल्लेख गरे।उनले समयमै उपचार सुरु गरेका ४४ जना बिरामीका कारण जटिल अवस्था देखिन नपाएको जानकारी दिँदै रोगबारे सही जानकारी समाजसम्म पु¥याउन सञ्चारकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए।

त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले दिगो विकास लक्ष्य २०३० अन्तर्गत क्षयरोग र कुष्ठरोग निवारण गर्ने लक्ष्यअनुसार सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए। उनले समुदायस्तरमा देखिने कुष्ठरोगका लक्षणबारे जानकारी दिँदै बिरामीलाई लुकाउनुभन्दा स्वास्थ्य संस्थामा पुग्न प्रेरित गर्नुपर्नेमा जोड दिए।कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रवि कुमार भाष्कर, द लेप्रोसी मिसन नेपालकी प्रोजेक्ट म्यानेजर सीता बिष्ट, बारा जिल्ला फोकल पर्सन दिपेश यादव लगायत विभिन्न संघसंस्था तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।