hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomromabetnakitbahisDeneme Bonusu Veren Sitelerenbetqqmamibetholiganbetjojobet

आर्थिक रूपमा कमजोर महिलालाई सहकारीमार्फत सशक्त बनाउँदै लुमन्ति

रञ्जन यादव /बारा

आर्थिक रूपमा कमजोर तथा विपन्न महिलालाई बचत गर्ने बानी विकास गराउँदै आत्मनिर्भर बनाउने उद्देश्यसहित लुमन्ति ले जीतपुरसिमरा उपमहानगरपालिकामा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। दलित तथा विपन्न समुदायका घर–घरमा पुगेर महिलालाई आर्थिक रूपमा सबल बन्न सकिने विभिन्न आयामबारे जानकारी दिँदै बचत गर्ने संस्कार विकास गराउने काम भइरहेको छ। लुमन्तिले आफ्नो कार्यक्षेत्रअन्तर्गत रहेका उपमहानगरपालिकाको विभिन्न वडाबाट महिलाहरूलाई समूहमा सङ्गठित गरी तालिममार्फत आर्थिक हिसाब–किताब राख्ने पद्धति सिकाइरहेको छ।

यसबाट महिलाहरूलाई आर्थिक व्यवस्थापनमा सक्षम बनाउँदै आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ।कार्यक्रमका कार्यक्षेत्र संयोजक ईन्जिनीयर अब्दुल कैसका अनुसार महिलाहरूलाई विभिन्न तालिम तथा अभिमुखीकरणमार्फत सहकारीको अवधारणा, महत्व र सञ्चालन प्रक्रियाबारे जानकारी दिइँदैछ। “विपन्न महिलाहरूकै सहभागिता र नेतृत्वमा सहकारी स्थापना गर्ने हाम्रो लक्ष्य हो,” उनले बताए।उनका अनुसार प्रारम्भिक चरणमै करिब ५ सय महिलाहरू यस अभियानमा आबद्ध भइसकेका छन्। उनीहरूलाई सहकारीको महत्व, अवधारणा र यसमार्फत हुने आर्थिक क्रियाकलापबारे निरन्तर जानकारी दिइँदै आएको छ। आवश्यक तयारी पूरा भएपछि सहकारी ऐन तथा कानुनअनुसार उनीहरूकै नेतृत्व र स्वामित्वमा सहकारी गठन गरिने योजना रहेको ईन्जिनीयर कैसले बताए।लुमन्तिले यसअघि पनि यस्ता कार्यक्रममार्फत सहकारी स्थापना गरिसकेको छ। संस्थाले १२ वर्षअघि बाराको कलैयामा तथा १८ वर्षअघि पर्साको वीरगञ्जमा सहकारी स्थापना गरेको अनुभव रहेको जनाएको छ।

लुमन्ति स्थानीय तहको समन्वयमा आर्थिक रूपमा कमजोर दलित तथा विपन्न परिवारका लागि वातावरणमैत्री बाँसको घर निर्माण गर्ने परियोजनासमेत सञ्चालन गर्दै आएको संस्था हो। यस परियोजनामार्फत सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका समुदायलाई सशक्त बनाउने प्रयास भइरहेको जनाइएको छ।