hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

जीतपुरसिमरा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रञ्जन यादब /बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले गरेका हुन्। उपमहानगरभित्रका ३७ वटा विद्यालयका विद्यार्थीहरू सहभागी रहेको प्रतियोगितामा विभिन्न खेल विधामा प्रतिस्पर्धा भइरहेको छ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य चौधरीले खेलकुद क्षेत्रको विकास तथा नयाँ प्रतिभाको पहिचानका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले खेलकुदले विद्यार्थीलाई अनुशासन र जिम्मेवारी सिकाउने उल्लेख गर्दै समाज र राष्ट्रका लागि योगदान दिन विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन आग्रह गरे।कार्यक्रममा सामुदायिक विद्यालयको तर्फबाट बोल्दै जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु प्रसाद अधिकारीले सानो आकारबाट सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अहिले ठूलो स्वरूपमा विस्तार भएको बताउँदै उपमहानगरपालिकालाई धन्यवाद व्यक्त गरे। उनले यस्ता प्रतियोगिताले आधारभूत तहबाटै खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पु¥याएको बताउँनुभयो । उद्घाटन समारोहमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अत्यन्त आवश्यक रहेको बताए।

खेलकुदले अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय सरकारले निरन्तर लगानी र सहयोग गर्दै जाने बताउँनुभयो ।प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, एथ्लेटिक्स लगायतका विभिन्न खेल विधा समावेश गरिएका छन्।

प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको छ भने अभिभावक र शिक्षकहरूको समेत उल्लेख्य उपस्थिति रहेको छ। उपमहानगरपालिकाले यस्ता प्रतियोगितामार्फत विद्यालय स्तरमा रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको क्षमता विकास गर्ने उद्देश्य राखेको जनाएको छ। प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुने आयोजक सचिवालयले जनाएको छ।उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराका प्रधानाध्यापक शंकर आचार्यसहित विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।