hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahiscasinolevantbetasus

मौन अवधि सुरु, जीतपुरमा प्रचार सामग्री हटाउन प्रहरी सक्रिय

रञ्जन यादब /बारा

प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मौन अवधि सुरु भएसँगै जीतपुर क्षेत्रमा राखिएका प्रचारप्रसारका सामग्री प्रहरीले हटाउन सुरु गरेको छ।

निर्वाचन आचारसंहिता कार्यान्वयनलाई कडाइका साथ लागू गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा अस्थायी रूपमा खटिएको निर्वाचन प्रहरीले संयुक्त रूपमा बजार क्षेत्र, चोक–गल्ली, सार्वजनिक स्थल र सरकारी कार्यालय आसपासमा टाँसिएका ब्यानर, पोस्टर, पम्प्लेट र फ्लेक्सहरू हटाउने काम थालेका हुन्।निर्वाचन अधिकृतको कार्यालयका अनुसार मौन अवधिमा कुनै पनि राजनीतिक दल, उम्मेदवार वा समर्थकले सभा–जुलुस, घरदैलो, प्रचार सामग्री वितरण, सामाजिक सञ्जालमार्फत भोट माग्ने लगायतका गतिविधि गर्न नपाइने व्यवस्था रहेको छ।

यस अवधिमा मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि नगर्न दल तथा उम्मेदवारलाई आग्रह गरिएको छ।प्रहरीले बजार क्षेत्रका मुख्य सडक, विद्युत् पोल, सार्वजनिक सवारी साधन तथा निजी घर–पसलमा अनुमति बिना टाँसिएका प्रचार सामग्री हटाएको जनाएको छ। आचारसंहिता उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही हुने चेतावनीसमेत दिइएको छ।जिल्ला प्रशासन कार्यालय बाराले शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गराउन सुरक्षा व्यवस्थामा कडाइ गरिएको जनाएको छ।

मतदान केन्द्र वरपर सुरक्षा सतर्कता बढाइएको छ भने मतदातालाई निर्धक्क भएर मतदान गर्न अनुरोध गरिएको छ।फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने तयारी अन्तिम चरणमा पुगेको निर्वाचन कार्यालयले जनाएको छ।