hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomromabetnakitbahisDeneme Bonusu Veren Sitelerenbetqqmamibetholiganbetjojobet

वकिल एकरामुल्लाह हकविरुद्ध जबरजस्ती करणी आरोप, अर्धनग्न अवस्थामा महिला सहित पक्राउ, अनुसन्धान दायरा फराकिलो

रञ्जन यादब /बारा

बारा जिल्लाका वकिल एकरामुल्लाह हकविरुद्ध जबरजस्ती करणीको गम्भीर आरोपमा मुद्दा दर्ता भई उनी प्रहरी नियन्त्रणमा रहेका छन्। इलाका प्रहरी कार्यालय सिमराले घटनासम्बन्धी अनुसन्धानलाई थप गहिराइमा अघि बढाएको जनाएको छ।प्रहरीका अनुसार पीडित महिलालाई जिल्ला अदालतमा विचाराधीन एक मुद्दामा कानुनी पैरवी गरिदिने आश्वासन दिई सिमरास्थित एक होटलमा बोलाइएको थियो। सोही होटलको कोठामा महिलामाथि जबरजस्ती करणी गरिएको आरोपसहित उजुरी परेपछि अनुसन्धान सुरु गरिएको हो।

अनुसन्धानकै क्रममा माघ ५ गते वकिल हकलाई एक महिलासहित अर्धनग्न अवस्थामा होटलको कोठाबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। पक्राउका क्रममा होटलको कोठाबाट यौन क्षमता वृद्धि गर्ने ‘भेग्रा’ नामक औषधि पनि बरामद गरिएको छ।प्रहरीका अनुसार होटल दर्ता विवरणमा महिलाको वास्तविक थर हिन्दु भए पनि खातुन थर प्रयोग गरी अभिलेख गरिएको पाइएको जनाईएको छ।

सो विषयमा महिलाले तत्काल आपत्ति नजनाउनु, होटलसम्म सहज रूपमा पुग्नु लगायतका पक्षहरू पनि अनुसन्धानको दायराभित्र रहेका प्रश्नहरू भएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोसीका अनुसार जिल्ला अदालतबाट म्याद थप अनुमति लिई घटनासम्बन्धी प्रमाण संकलन, पीडितको बयान, होटल कर्मचारीको सोधपुछ तथा अन्य आवश्यक प्रक्रिया कानुनबमोजिम अघि बढाइएको छ। घटनामा संलग्न भनिएका वकिल हक कानुन व्यवसायजस्तो जिम्मेवार पेशामा आबद्ध व्यक्ति भएकाले आरोपले जिल्लामा गम्भीर चासो र चिन्ता उत्पन्न गरेको स्थानीयवासी तथा सरोकारवालाहरूको भनाइ छ। उनीहरूले निष्पक्ष अनुसन्धान र दोषी प्रमाणित भए कडा कारबाहीको माग गरेका छन्।

प्रहरीले घटनाका सबै पाटा निष्पक्ष रूपमा अनुसन्धान गरिने स्पष्ट पार्दै अदालतको अन्तिम निर्णय नआएसम्म कसैलाई दोषी ठहर गर्न नहुने कानुनी मान्यतालाई पनि ध्यानमा राखिएको जनाएको छ।