hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomromabetnakitbahisGrandpashabetenbetqqmamibetholiganbetjojobet

शिवशक्ति ध्यु उद्योगद्वारा जीतपुरमा ११० परिवारलाई कम्बल वितरण

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिका–७, जीतपुरमा शिवशक्ति ध्यु उद्योगले चिसो मौसमलाई लक्षित गर्दै १ सय १० घरधुरीलाई न्यानो कम्बल वितरण गरेको छ। वडा नं. ७ भित्रका दलित, विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई प्राथमिकतामा राखी कम्बल वितरण गरिएको उद्योगका प्रशासनिक अधिकृत प्रमोद पटेलले जानकारी दिनुभयो। उद्योगले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष जाडोयाममा यस किसिमका राहत सामग्री वितरण गर्दै आएको उहाँले बताउनुभयो।

चिसोका कारण बालबालिका, वृद्धवृद्धा तथा कमजोर वर्गलाई समस्या नहोस् भन्ने उद्देश्यले कम्बल वितरण कार्यक्रम निरन्तरता दिइएको पनि पटेलले उल्लेख गर्नुभयो।कम्बल वितरण कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष सुनिल गुप्ताले शिवशक्ति ध्यु उद्योगको यस कार्यप्रति खुशी व्यक्त गर्नुभयो। उहाँले निजी उद्योगले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै समुदायप्रति देखाएको सहयोग प्रशंसनीय रहेको बताउनुभयो।

वडा अध्यक्ष गुप्ताले उद्योगले यसअघि पनि शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएको जानकारी दिँदै, विगत दुई वर्षदेखि वडा भित्र रहेको सामुदायिक विद्यालय फकिरा गिरी–राजेश्वर गिरी माध्यमिक विद्यालयमा शिक्षकको अभाव पूर्ति गर्न तलबको व्यवस्था गरिदिएको उल्लेख गर्नुभयो।उहाँले यस्ता सामाजिक कार्यले शिक्षा, स्वास्थ्य तथा विपन्न समुदायको जीवनस्तर उकास्न सहयोग पुग्ने भन्दै अन्य उद्योग तथा व्यवसायीहरूले पनि शिवशक्ति ध्यु उद्योगको अनुकरण गर्नुपर्नेमा जोड दिनुभयो।स्थानीय बासिन्दाहरूले चिसो मौसममा कम्बल पाएपछि राहत महसुस भएको प्रतिक्रिया दिएका छन्। उद्योगको सहयोगले कठिन अवस्थामा रहेका परिवारलाई ठूलो सहारा पुगेको उनीहरूको भनाइ छ।