hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomromabetnakitbahisDeneme Bonusu Veren Sitelerenbetqqmamibetholiganbetjojobet

नेपाली कम्युनिस्ट पार्टीले बारा जिल्लाका चारै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन , पुर्ब प्रधानमन्त्री नेपालले बाँडे टिकट

रञ्जन यादब /बारा

नेपाली कम्युनिस्ट पार्टीले बारा जिल्लाका चारै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गर्दै औपचारिक रूपमा टिकट वितरण गरेको छ। पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल बारा जिल्लाको पथलैया पुगेर उम्मेदवारहरूलाई पार्टीको तर्फबाट टिकट प्रदान गर्नुका साथै निर्वाचनमा सफलताको शुभकामना व्यक्त गर्नुभएको हो।

पार्टी निर्णयअनुसार बारा निर्वाचन क्षेत्र नं. १ बाट सन्तोष दंगाल, क्षेत्र नं. २ बाट रमेश प्रसाद यादव, क्षेत्र नं. ३ बाट भरत साह र क्षेत्र नं. ४ बाट अजय कुशवाहा उम्मेदवार बनेका छन्। यी उम्मेदवारहरूको टुंगो आजै लगाइएको पार्टीले जनाएको छ ।उम्मेदवारहरूमध्ये रमेश प्रसाद यादव २०७४ सालमा राष्ट्रिय सभा सदस्य रहिसकेका अनुभवी नेता हुन् भने दंगाल, साह र कुशवाहा पार्टीले अघि सारेका नयाँ अनुहार हुन्। क्षेत्र नं. १ का उम्मेदवार सन्तोष दंगाल तत्कालीन माओवादी केन्द्र निजगढ नगरपालिका कमिटीका अध्यक्ष रहिसकेका छन्।

४० वर्षभन्दा कम उमेरका दंगाललाई युवा नेतृत्वको रूपमा लिइएको छ। बारा क्षेत्र नं. ४ का उम्मेदवार अजय कुशवाहा २८ वर्षका युवा तथा र्राष्ट्रिय बास्केटबल खेलाडी हुन्। टिकट वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सह–संयोजक नेपालले जेन–जी आन्दोलन र युवाको भावना अनुसार पार्टीले उम्मेदवार छनोट गरेको स्पष्ट पार्नुभयो। उहाँले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउँदै परिवर्तनको एजेन्डा अघि बढाउने पार्टीको नीति रहेको बताउनुभयो।

कार्यक्रममा बारा र पर्सा जिल्लाका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार, नेता तथा ठूलो संख्यामा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। पार्टीले युवा र अनुभवी नेतृत्वको संयोजनमार्फत निर्वाचनमा सशक्त उपस्थिति जनाउने दाबी गरेको छ।