hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetjojobetmeritking

सिमरा जेसीजले आगामी वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन, अध्यक्षमा सुमित अधिकारी

रञ्जन यादब /बारा

सिमरा जेसीजले आगामी वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गर्दै सुमित अधिकारीलाई अध्यक्षमा जिम्मेवारी दिएको छ। शनिबार सम्पन्न निर्वाचन प्रक्रियाबाट अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो।

निर्वाचन अधिकृत लक्की रिमालका अनुसार कार्यकारिणी उपाध्यक्षमा भरत आचार्य र रामपुकार चौधरी चयन भएका छन्। त्यस्तै, उपाध्यक्ष पदमा रविन शाह, रुपम शर्मा, विवेक साह र सुनिल साह विजयी बनेका छन्।

अध्यक्ष अधिकारीले संगठनका महत्वपूर्ण पदहरूमा मनोनयन गर्दै संजीव सुवेदीलाई महासचिव, रेवती देवकोटालाई कोषाध्यक्ष तथा मनीष न्यौपानेलाई कानुनी सल्लाहकारका रूपमा चयन गरेका छन्।

नवनिर्वाचित पदाधिकारीहरूले छिट्टै एक समारोहमार्फत पदस्थापन गर्ने तयारी गरेको जनाइएको छ। त्यसअघि नेतृत्व सम्हाल्नुअघि उनीहरूलाई जेसीजका शालिकराम अधिकारीले प्रशिक्षण प्रदान गरेका थिए।