hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetjojobetmeritking

राष्ट्रिय विभूतिलाई चौथो पटक पुरुष भलिबल प्रतियोगिताको उपाधि

 

राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले चौथो पटक पाथीभरा अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगिताको उपाधि हासिल गरेको छ। शनिबार सम्पन्न फाइनल खेलमा विभूतिले एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै निरन्तर उत्कृष्टता प्रदर्शन गरेको हो।

फाइनल खेलमा प्रभावकारी प्रदर्शन गरेका विभूति टोलीका सिद्धान्त चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि पनि विभूतिकै प्रितमबाबु रायले हात पारे। यस्तै, उदयीमान खेलाडीको रूपमा एक्स सर्भिसम्यानका प्रशान्त चौधरी सम्मानित भए।कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख भोला प्रसाद अधिकारीले भलिबलजस्तो राष्ट्रिय खेलप्रति युवाहरूको आकर्षणलाई व्यवस्थित रूपमा खेलाडी उत्पादनतर्फ मोड्न आवश्यक रहेको बताए। निजी विद्यालयहरूले खेलकुद क्षेत्रमा गर्दै आएको पहलको प्रशंसा गर्दै उनले नगर तर्फबाट आवश्यक सहयोग गर्न प्रतिवद्धता पनि व्यक्त गरे।

प्रतियोगितामा सिमरा र डुमरवानाका ११ वटा निजी विद्यालयको सहभागिता थियो। सिमरा–डुमरवाना हब अन्तर्गत रहेका विद्यालयहरूले हरेक वर्ष शिक्षा तथा खेलकुद क्षेत्रमा दुईवटा कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था अनुसार पाथीभरा स्कुलले भलिबल प्रतियोगिताको आयोजना गरेको हो। ।समापन समारोहका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, सिमरा कलेजका सहप्राध्यापक शालिकराम अधिकारी, सिमरा–डुमरवाना हबका संयोजक बसन्त ढकाल तथा पाथीभरा स्कुलका प्रिन्सिपल लक्की रिमाललगायतले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरेका थिए