hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetmeritkingjojobet

जीतपुरसिमरामा लुमन्तीद्वारा गरिब परिवारका लागि आवास निर्माण तीव्र ,५२ वटा सम्पन्न ,८८ वटा निर्माण हुने

रञ्जन यादब /बारा

आवासका लागि सहयोग समूह ‘लुमन्ती’ ले जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत गरिब तथा विपन्न परिवारका लागि ५२ वटा घर निर्माण पूरा गरेको छ। उपमहानगरपालिकाको समन्वयमा वडा नं. १९ इनर्वाशिरामा २७ घर र वडा नं. ९ मा २५ घर बनिसकेका छन्।लुमन्तीका कार्यक्षेत्र संयोजक अब्दुल कैसका अनुसार काम तेज गतिमा अघि बढिरहेको छ।शुक्रबार वडा नं. २० ठुलो बसडिलवामा थप ३१ घर निर्माणका लागि जग खनिसकिएको छ। उक्त निर्माणकार्यको शिलान्यास नगर प्रमुख राजन पौडेल र उप–प्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा गरेका थिए।त्यस्तै, वडा नं. ११ मा ३४ घर, वडा नं. १९ को मुस्लिम टोलमा थप ९ घर र वडा नं. ९ को पासवान टोलमा थप १० घर निर्माण हुने जानकारी संयाेजक  कैसले दिए।

साथै वडा नं. २० मा पनि थप ४ घर निर्माण गरिनेछ।लुमन्तीले देशभर स्थानीय तहसँगको सहकार्यमा कम लागतमा, भूकम्प प्रतिरोधात्मक, वातावरण–अनुकूल र बलियो बाँसका घर निर्माण गर्दै आएको छ। जीतपुरसिमरामा निर्माण भइरहेका प्रत्येक घरको लागत रु ३ लाख ३० हजार रहेको छ, जसमा लुमन्तीको रु २ लाख ३० हजार तथा उपमहानगरपालिकाको रु १ लाख बराबर सहयोग छ।उपमहानगरपालिकाका वडा नं. ९, ११, १९ र २० मा कुल १४० घर निर्माण गर्ने योजना रहेको लुमन्तीले जनाएको छ ।

करिब दुई बर्ष देखि जीतपुरसिमरामा काम गर्दै आएको लुमन्तिले अबको एक बर्षमा ८८ वटा घर निर्माण गर्ने लक्ष्य राखेको छ ।समुदायमा गएर समुदायका ब्यक्तिहरुको समुह निर्माण गरी तीनिहरुको समन्पय र अग्रसरतामा गरिब तथा बिपन्न बर्ग छनोट गर्ने गरेको छ ।घर निर्माणको क्रममा स्थानीय समुदायले त्यसमा निशुल्क श्रम गर्नुपर्ने ब्यवस्था रहेको छ ।